Sunday, March 24, 2013

A filmi poem on facebook, and girl !


एउटा फिल्मी कविता


हिजो एउटी राम्री
अनी गोरी केटिको
'प्रोफाइल पिक्' हेरेँ
'म्युचल फ्रेन्ड' रैछन दुइ चारजना
ओहो ! कती भाज्ञ्यमानी म
'रिक्वेस्ट असेप्ट' गरी उसले
कती न बिहे नै गर्न मानेजस्तो
कती  न  संसारइ जितेजस्तो
कती  न  नेपालमा चुनाव भएजस्तो
गरी खुशी भए म ।
लाईक, कमेन्ट कती गरेँ
भन्नै परेन्
सुरु भयो च्याट
हेलो हाइ, रुचि, पढाई
घरपरिवार, ब्वाइफ्रेन्ड
सबै जानियो उसको
फेरी खुशी भएँ म
नेपालमा लोडसेडिङ
नभए जस्तो
बागमती गनाउन छोडेजस्तो
भएको चाही उसको ब्रेकप्
कती भाज्ञमानी म !
ओहो मोबाएल नम्बर पो दिइ हौ
सुरु भए एसएमएस अनि फोनका
अनवरत सृंखला
कती भाउ खोजी !
बरु सुनको भाउ यस्तो छैन होला
त्यती ठुलो त्यो छाउरिको ।
तर जे होस्
मिठो बोल्छे
कोकिल आवाज
कस्तो सफ्ट
उसको आवाजले मलाई
उत्तेजना आउंछ
सम्सर्गले म के हौँला
मा एक्साइटेड छु
मिला कुनिस्
गर्लफ्रेन्ड भएजस्तो
फाइभ पिएम  @ बेकरी क्याफे
फिक्स भो मिटिङ
भेट भो केटीसँग
दर्शन भो कोकिलकन्ठिको
बुढासँग रैछ ब्रेकप्
ब्योइफ्रेन्ड्सँग हैन्
पारपाचुके आईमाईसँग अब
पहिलो प्रेम्
के गरौँ म ?
सुन्यदेखि
फेरी सुरु हुने भो यात्रा
गर्ल्फ्रेन्ड खोजिको!

2 comments:

  1. Nice one!! Realistic!!
    Afnai katha byatha ta hoina ni?? :p

    ReplyDelete
    Replies
    1. thanks buddy! hain hain mero afno katha hoina! baru timro sanga milyo ki? lol.

      Delete

guys please comment hai!