आज एउटा कविता लेखुँ लेखुँ लाग्यो अनि लेखेँ । त्यस्तो खतरा त छैन, साह्रै झुर नि नहोला ! ;))
Showing posts with label #fiction. Show all posts
Showing posts with label #fiction. Show all posts
Sunday, November 8, 2015
Saturday, June 20, 2015
Friday, February 13, 2015
Story: Valentine's Special !!!
She was also there for her interview, but for different
position. I met her at the waiting room. Her face looked anxious. She was
shaking her hands and legs slowly. I tried to talk - "for a job"?
"Yeah."
Later, I courageously asked her name. I added her on
Facebook. Chatted. I asked for her number. We
Monday, February 9, 2015
गुन्द«ुक
आँगनमा दुइ वटा धूपीका बोट छन । एउटा अलिक झ्यांगिएको छ । त्यसको अगाडि अर्को निकै सानो देखिन्छ । धूपीका बोट वरिपरि इटाँले घेरिएको छ, सुरक्षाका कारणले । होइन होइन, आँगनको भुइँ माटोको छैन, सीमेन्टले प्लास्टर गरिएको छ । त्यस्तोमा इँटा लगाउनु जरुरी नै हुन्छ क्यारे । गेट फलामको छ । नीलो रंगको । गेट र घरको वीचमा दायाँपट्टि एउटा बगैँचा पनि छ । गुलाब, घण्टीफूल अनि अरु विभिन्न थरिका फूल रोपिएका छन ।
Saturday, September 6, 2014
भोक
समय ः बिहानको १० ः ४० । स्थान ः काठमाण्डौ कलेज अफ इन्जिनियरीङ, बालकुमारीको क्यान्टिन । पात्र ः कुमार र रमेश । उनीहरु सिविल इन्जिनियरीङका विद्यार्थी हुन, चौथो वर्षका । एउटै कक्षा, प्राय एउटै बेन्चमा बस्छन । जातले कुमार राई हो भने रमेश क्षेत्री, तर जातले उनीहरुको मित्रतामा कुनै बाधा हालेको छैन, वा भनौ उनीहरुले हाल्न दिएका छैनन ।
दुई पिरियड पढाइ भइसकेपछि टिफिन हुन्छ, खाजा÷खाना खान । एक पिरियड एक घण्टा ४० मिनेट लामो हुने गर्छ उनीहरुको कलेजमा । उनीहरुको एउटा समूह नै छ साथीहरुको । ७÷८ जना हुन्छन उनीहरुको सर्कलमा । निश्चित हुन्न, कहिले एउटा कलेज आउँदैन, कहिले अर्को आउँदैन । तर कुनै दिन यस्तो संयोग पनि पर्छ, सबै ८ जना आएका हुन्छन कलेज । भलै यस्तो अवसर १५÷२० दिनमा एकपटक किन नजुरोस !
रमेश एक्लै बस्छ कोठा भाडामा लिएर । कुमार दाजुभाउजु, दिदि अनि भतिजसँग बस्छ । आज पनि क्यान्टिनमा उनीहरुको पहिलो रोजाइको खाजा समोसा पाकिसकेछ । उनीहरुको समूहमा खाजा साटासाट पनि चल्छ । एकपटक रमेशले रु १५ तिरेर दुइवटा समोसा लिएर टेबलमा आयो । अरु साथीहरु यसै गफ गर्दै बसिरहेका थिए । एउटा समोसा उठाएर टोक्दै थियो, अर्को समोसा सुवासले उठाइहाल्यो । पहिलो समोसा कुमारले ‘एक बाइट ले न’ भनेर माग्यो । माग्यो के भन्नु, हातबाटै खोस्यो । रमेशले एकपटक टोकेर कुमारलाई दियो । कुमारले एक बाइट खाएको मात्र थियो, अर्को साथीले खोसिहाल्यो । यसरी आफैले किनेको समोसा रमेशले चाख्न मात्र पायो । तर पनि उ दुखी भएन । बरु चित्त बुझाउँदै भन्यो — “पृथ्वी गोलो छ केटा हो ! मेरो पनि पालो आउँछ । अब तिमेरु किन्छौ, बाइट हान्ने चाँहि म ।” सबै गलल हाँस्छन ।

Tuesday, July 29, 2014
कथा
क्यान्सर
चौथो फ्लोर । खिचापोखरीको व्यस्त बजारको एउटा बिल्डिङमा उसको अफिस छ । चौथो तलाको पूरै भागमा अफिस फैलिएको छ । जम्मा ७ वटा क्याबिन बनाइएका छन । दुई वटा कोठा छन, दुई जना हाकिमका लागि । वास्तवमा हाकिम दुई जना हैनन । एक जना एमडि हुन । अर्की उसकै श्रीमति हो, जो अफिसको एकाउण्टेन्ट हो । एकाउण्टेट के भन्ने, महिना महिनामा स्टाफहरुलाइ तलब दिनु उसको एकमात्र काम हो । घरमा एक्लै के गर्ने भन्ने द्धिविधाले अफिस आएकी देखिन्छिन उनी ।
अफिसमा ५ जना महिला स्टाफ छन । पुरुष उ र अर्को एक जना । साँच्चै यो पनि हुन सक्छ, खासमा एमडिकी पत्नी आफ्नो पतिको चियो गर्न या भनौँ उसलाइ साइजमा राख्न अफिस आउने गर्छिन ।
आज अफिसमा दुई जना महिला स्टाफ आएका छैनन । एउटी रिसेप्सनिस्ट अनि अर्की टाइपिस्ट । त्यसैले रिसेप्सनिस्टको काममा अर्की खटिएकी छिन । उ खासै काम नभएकोले ट्विटर हेरिरहेको हुन्छ । यत्तिकैमा उसको क्याबिनको फोन बज्छ,
“दिपकजी ।”
“गुड मर्निङ सर !”
“मर्निङ मर्निङ । पटेलजीसँगको मिटिङ कहिले राख्ने ? त्यसको लागि प्रपोजल बनाउनुस है ।”
“हुन्छ सर । म भरेसम्म प्रपोजल रेडि गरिसक्छु । अनि पटेलसँग पनि कन्ट्याक्ट गर्छु ।”
“ओके ।”
Saturday, May 4, 2013
कविता
मलाई सोध
ओ दाजु
सोध मलाई
किन चुरोट खान्छु म ?
घर किन बस्दिन म ?
राम्ररी किन बोल्दिन म ?
ओ केटि
तँसँग त्यस्तो बोल्ने म
आज किन बोल्दिन
ओ दाजु
सोध मलाई
किन चुरोट खान्छु म ?
घर किन बस्दिन म ?
राम्ररी किन बोल्दिन म ?
ओ केटि
तँसँग त्यस्तो बोल्ने म
आज किन बोल्दिन
Friday, April 12, 2013
Thursday, April 11, 2013
सङख्या–अन्तर (लघु कथा)
मध्यपश्चिम नेपालको एक पहाडी जिल्ला । माघको जाडोमा पनि यहाँ ताप अत्याधिक छ, आन्दोलनको । मानिसको आक्रोशको ।
Sunday, March 24, 2013
A filmi poem on facebook, and girl !
एउटा फिल्मी कविता
हिजो एउटी राम्री
अनी गोरी केटिको
'प्रोफाइल पिक्' हेरेँ
'म्युचल फ्रेन्ड' रैछन दुइ चारजना
ओहो ! कती भाज्ञ्यमानी म
'रिक्वेस्ट असेप्ट' गरी उसले
कती न बिहे नै गर्न मानेजस्तो
कती न संसारइ जितेजस्तो
कती न नेपालमा चुनाव भएजस्तो
गरी खुशी भए म ।
Thursday, February 2, 2012
Subscribe to:
Posts (Atom)