Saturday, May 4, 2013

कविता

मलाई सोध
ओ दाजु
सोध मलाई
किन चुरोट खान्छु म ?
घर किन बस्दिन म ?
राम्ररी किन बोल्दिन म ?
ओ केटि
तँसँग त्यस्तो बोल्ने म
आज किन बोल्दिन

सोध मलाई
तँ र म सँगै घुमेको बिर्सिस ?
बाइकमा ‘लङ्ग ड्राइभ’
ग’को कति चाँडै भुल्छेस तँ ?
किन आज तँतिर
हेर्दिन म ?
ओ बुबा
सोध्नुस मलाई
किन कपाल पाल्छु ?
किन डिप पर्पल
छातीमा टाँसेर हिँड्छु म ?
ओ आमा
किन तपाईले बाबु
भनेको अचेल मन पर्दैन मलाई
सोध्नु न मलाई
ओ आमा
ओ बुबा
ओ दाजु
ओ केटि
सोध मलाई
सबैजना सोध मलाई
तिमीहरुको केहि दायित्व छैन
यो झ्याप्लेप्रति ?
यो फटाहाप्रति ?
यो साइकोप्रति ?


No comments:

Post a Comment

guys please comment hai!