Saturday, June 15, 2019

अफगानको खुलित्त परेको वल्र्डकप

४ वटा खेल्दा एउटै जित्न नसक्ने के वल्र्डकप खेल्ने भनेर तम्सिनु ? बरु यिनिहरुको सट्टा जिम्बावेलाई चान्स देको भए अलेली रमाइलो त गराउँथे । त्यसै त पानी परेर खल्लो न खल्लो भएको वल्र्डकप अफगानको खुलित्त परेको खेलले फाँक हुन लागिसक्यो । बल्ल पानी रोकियो, अब राम्रो खेल हेर्न पाइयो भनेको त लुतुलुतु विकेट जाने । बलै पिच्छे इमरान बुढो कुद्याकुद्यै गर्न थालो रोप तिर । अफगानको बाउन्डरी त्यही राशिदकै इनिंगमा मात्र आयो होला । त्यो नि एकछिन मच्चियो अनि थचारियो । 


चित्त बुझाउने बाटो चैँ नेपाल गको भए झन फाँक भएर आउँथ्यो । अफगान त चाक मात्र थापिरको छ । नेपालले चाकमा डिपी थाप्न पथ्र्यो । 


जित्न नपाएर रुन आँटेको साउथ अफ्रिका मुसुक्क मुस्कायो । विचरा अफगान आफ्रनो चाक थाप्ने दिन कहिले सकिएला भनेर गन्दैछ । 


आज इन्डिया पाकिस्तानको गेम सहि हुनुपर्ने हो । युद्ध जस्तो गर्छन मुजीहरु । तर पानी परेन भने । पानी नै सबसे ठूलो भिलेन भैदिरा छ अहिले ।


No comments:

Post a Comment

guys please comment hai!