Monday, September 22, 2014

घाँडो घरयात्रा





१२ कक्षाको परिक्षा सकिएपछि म काठमाण्डौ जाने भएँ । इटहरी कटेर पश्चिम नगएको मान्छे एकैपटक काठमाण्डौ जान अलिकति डर, अलिकति उत्साह, अनि अलिकति काउकुति सबै लागेको थियो । ं२ नै काठमाण्डौमा पढ्ने भनेको थिएँ मैले । तर बा, दाइहरु मान्नुभएन । ‘ं२ जहाँ पढे नि हुन्छ, ब्याचलर काठमाण्डौमा पढ्नु’ भन्नुभयो ।
बाले टिकट ल्याइदिनुभयो, शायद असार महिनाको कुनै दिन थियो त्यो । सीता यातायात, बेलुकी ४ बजे बस स्टेण्ड पुग्नुपर्ने । टिकट हात लाग्ना साथै खुशी, डर, कौतुहुलता, दुख आदि भावनाहरुले घेरा हाले । आमाले “सामान प्याक गर्नुपर्दैन कान्छा ?” भनेपछि झस्किएँ । २, ४ जोर लुगा, १ किलो घिउ यस्तै कुरा प्याक गरियो । आमा बस स्टेण्डसम्म छाड्न आउनुभो । बी साइडको ४ नंबरको सिट थियो । दुधेबाट अर्को यात्रु चढ्यो मेरो सँगैको सिटमा । युवा नै थियो, गफिन थाल्यौँ ।

Saturday, September 6, 2014

भोक

समय ः बिहानको १० ः ४० । स्थान ः काठमाण्डौ कलेज अफ इन्जिनियरीङ, बालकुमारीको क्यान्टिन । पात्र ः कुमार र रमेश । उनीहरु सिविल इन्जिनियरीङका विद्यार्थी हुन, चौथो वर्षका । एउटै कक्षा, प्राय एउटै बेन्चमा बस्छन । जातले कुमार राई हो भने रमेश क्षेत्री, तर जातले उनीहरुको मित्रतामा कुनै बाधा हालेको छैन, वा भनौ उनीहरुले हाल्न दिएका छैनन ।
दुई पिरियड पढाइ भइसकेपछि टिफिन हुन्छ, खाजा÷खाना खान । एक पिरियड एक घण्टा ४० मिनेट लामो हुने गर्छ उनीहरुको कलेजमा । उनीहरुको एउटा समूह नै छ साथीहरुको । ७÷८ जना हुन्छन उनीहरुको सर्कलमा । निश्चित हुन्न, कहिले एउटा कलेज आउँदैन, कहिले अर्को आउँदैन । तर कुनै दिन यस्तो संयोग पनि पर्छ, सबै ८ जना आएका हुन्छन कलेज । भलै यस्तो अवसर १५÷२० दिनमा एकपटक किन नजुरोस !
रमेश एक्लै बस्छ कोठा भाडामा लिएर । कुमार दाजुभाउजु, दिदि अनि भतिजसँग बस्छ । आज पनि क्यान्टिनमा उनीहरुको पहिलो रोजाइको खाजा समोसा पाकिसकेछ । उनीहरुको समूहमा खाजा साटासाट पनि चल्छ । एकपटक रमेशले रु १५ तिरेर दुइवटा समोसा लिएर टेबलमा आयो । अरु साथीहरु यसै गफ गर्दै बसिरहेका थिए । एउटा समोसा उठाएर टोक्दै थियो, अर्को समोसा सुवासले उठाइहाल्यो । पहिलो समोसा कुमारले ‘एक बाइट ले न’ भनेर माग्यो । माग्यो के भन्नु, हातबाटै खोस्यो । रमेशले एकपटक टोकेर कुमारलाई दियो । कुमारले एक बाइट खाएको मात्र थियो, अर्को साथीले खोसिहाल्यो । यसरी आफैले किनेको समोसा रमेशले चाख्न मात्र पायो । तर पनि उ दुखी भएन । बरु चित्त बुझाउँदै भन्यो — “पृथ्वी गोलो छ केटा हो ! मेरो पनि पालो आउँछ ।  अब तिमेरु किन्छौ, बाइट हान्ने चाँहि म ।” सबै गलल हाँस्छन ।