Friday, July 29, 2016

इपिएलको रगडा

२०१६÷१७ सिजनको इंग्लिश प्रिमियर लिग (इपिएल) यहि अगस्ट १३ अर्थात साउन २९ बाट सुरु हुँदैछ । १५ दिन पनि बाँकी छैन । युरो कपको रोमान्च अनि कोपा अमेरिकाको लँडाइ सकिन नपाउँदै फुटबलका फ्यानहरुलाई अर्को महाउत्सव सुरु हुँदैछ । हुन त अन्य देशहरुमा पनि फुटबल लिग सुरु हुनै लागेका छन । स्पेनको लालिगा, इटालीको सीरी ए, जर्मनीको बुन्डेसलिगा, फ्रान्सको लिग वन सबै केहि महिनाको विश्रामपछि पुन सुरु हुँदै छन । तर इपिएल भनेको इपिएल हो यार । :) यहाँ जति रोमान्चकता, प्रतिस्पर्धा अनि रगडा अरु कहाँ ?


प्रि सिजन म्याचहरु धमाधम भैरहेका छन । चीन देखि लिएर अमेरिकासम्म पुग्छन इपिएल क्लब आफ्नो प्रचारप्रसारका लागि । हुन पनि क्लबको जर्सी, ज्याकेट, ट्राउजर, मफलर, झन्डा बेचेरै बर्षेनी मनग्गे कमाउँछन उनीहरु । पोहोर परार कहिले हो त्यै भारतमा आएर खेले इपिएल क्लबहरुले ।




खैर खेलमै फर्कौ । म्यान युनाइटेडले जर्मन जाइन्ट बोरुसिया डर्टमन्डसँग ४ – १ को नतिजा बेहोर्यो । इन्टरनेसनल च्याम्पियन्स कप नाम दिइएको प्रतिस्पर्धामा रातेका तर्फबाट एक मात्र गोल भर्खरै भर्ना गरिएका हेन्रिख खितारनले गरेका रैछन । साङ्घाइको गिलो मैदानमा डर्टमन्डले हाल्फसम्म नै २ ठोकिसकेको रैछ । युनाइटेडका नयाँ म्यानेजर जोजे माउरिन्होले गोलकिपर डेभिड डे हेयालाई उक्त खेलमा खेलाएका रहेनछन । स्पेशल वन न परे, आफ्ना मुख्य खेलाडिलाई विश्राम दिइहाल्छन नि । ;) प्रिमियर लिगको वास्तविक रगडा जो सुरु भएकै छैन । 

अर्को तिर यहि प्रतियोगितामा इपिएल क्लब टोटेनह्याम हटस्र्पस युभेन्ट्ससँग २ – १ ले हार्यो । इटालीयन क्लबको डिफेन्स उसै कडा हुने भैहाल्यो । अघिल्लो सिजन अर्थात २०१५÷१६ को सिरी ए टाइटल जितेको लिजेन्डरी क्लबले हाल्फ अघिसम्म स्र्पसलाई पानी पिउन दिएन । सुरुमै २ गोलको लिड लिएर पनि पेलिरा थ्यो युभेन्टसले । तर पछि अर्जेन्टिनी इरिक लामेलालाई सबस्टिच्युटमा मैदान छिराएपछि स्र्पसको केहि हदसम्म उद्दार भयो । उनले ६७ औँ मिनेटमा हेर्नान्सको पासलाई उत्कृष्ट फिनिस गरे । 


अघिल्लो सिजन हटस्र्पसले टाइटलमा आफ्नो दाबेदारी निकै कडा ढंगमा राखेको थियो । लेस्टरको राम्रै ढ्यांग्रो बजायो केहि समय । प्रि सिजनको खेल हेर्दा यो सिजन स्पर्सले राम्रै प्रदर्शन गर्ने अनुमान गर्न सकिन्छ । स्र्पसले दुइ जना मात्र नयाँ खेलाडि भित्राएको छ । भिक्टर वान्यामा र भिन्सेन्ट जेन्सेन । हुन त अर्जेन्टिनाका प्रतिभाशाली तथा युवा म्यानेजर पोकेटिनोले अरु खेलाडिमा आँखा लगाइरहेका होलान । जस्तै केभिन एन कोडेउ । तर जुन सुकै खेलाडि किने पनि पोकेटिनोको चुनौती के हो भने अघिल्लो सिजनको जस्तै टिम वर्क कायम राख्ने । नत्र भने स्र्पसलाई गाह्रो पर्नेछ । यो ब्लग लेख्दै गर्दा एथलेटिको म्याड्रिडसँग फस्ट हाल्फसम्म १ गोलले पछि परिसकेको छ स्र्पस । डिफेन्सको गल्तीमा सामान्य फ्रिकिकमा गोल खायो ।


अन्य ठुला क्लबहरुमा नयाँ नयाँ म्यानेजर आएका बेला लिभरपुललाई भने त्यो असुविधा हुने छैन । अघिल्लो सिजनको लगभग सुरुवात तिरै एनफिल्ड आइपुगेका चमकदार अनि खत्रा योर्गान क्लोपलाई आफ्नो टोलीको आन्द«ा भूँडि सबै थाहा भैसकेको छ । क्लोपले सीमित स्रोत साधन अर्थात औसत खेलाडिबाट राम्रो नतिजा निकालेको छर्लंगै छ । डर्टमन्ड रहँदा होस या लिभरपुल आएपछि ।  


दुइ ठूला खेलाडिहरु साडियो मेन र जर्जिनियो विज्नाल्डम किनिसकेको छ लिभरपुलले यो सिजन । साथै जोल माटिपले डिफेन्समा अनि लोरिस करियसले अट्याकिङ मिडफिल्डमा उत्कृष्टता थप्ने अपेक्षा गर्न सकिन्छ ।
लिभरपुलको प्रि सिजन खेलहरुकै कुरा गरौँ । इपिएल प्रतिस्पर्धी चेल्सीसँग झगडालु गेममा १ – ० ले हार्यो । लस एन्जलसमा भएको उहि इन्टरनेसनल च्याम्पियन्स कपमा चेल्सीका फेब्रिगासले रेड कार्ड खाए । हुन त पछि माफि पनि मागेछन बार्सिलोनाका पूर्व मिडफिल्डरले । परिपक्व खेलाडि भनेको त्यस्तो हुन्छ क्या, फेब्रिगास जस्तो ! :D


लिभरपुलले अब रोमा, एसि मिलान अनि बार्सिलोना जस्ता हेभिवेटसँग खेल्नेछ । 


अघिल्लो सिजनको विजेता लेस्टरलाई यो सिजन दोहोरो मार पर्नेछ । इपिएलमा आफ्नो साख बचाइराख्न पर्ने अनि च्याम्पियन्स लिग खेल्न पर्ने । तर शालीन म्यानेजर रानिरीले त्यस्को जुगाड गरिसकेका छन । अहमद मुसा अनि नेमपल्स मेन्डी ल्याइसके । जेमी भार्डी र रियाद महेरेजको जोडी यो सिजन पनि जमे लेस्टरले सोचे जस्तो नतिजा ल्याउन सक्छ । प्रि सिजनमा पिएसजी अनि बार्सिलोनासँग खेल्दा लेस्टरको गाँड फाँट्ने अनुमान लगाउन सकिन्छ । ;) फेरि कम्युनिटि सिल्डमा युनाइटेडसँग खेल्नु नै छ । लेस्टरको राम्रो परिक्षा हुनेछ निकट दिनहरुमा । 


यो सिजनको सबैभन्दा पहिलो गेममै लेस्टर भिड्दैछ, यसै वर्ष फेरि ए डिभिजन उक्लेको हल सिटिसँग उसकै मैदानमा । 


बार्सिलोनाबाट धेरै कप उचालेर ३ वर्ष जति बार्यन म्युनिख सम्हालेपछि इपिएलको स्वाद चाख्न सीटि आइपुगेका छन पेप ग्वार्डिओला । 


पेलेग्रिनीले नै च्याम्पियन्स लिग सेमिफाइनल सम्म पुर्याइसकेका हुन सीटिलाई । ग्वार्डिओला जस्ता हाइ प्रोफाइल म्यानेजर आएपछि सीटि फ्यानले अझै बढि अपेक्षा गर्छन । नोलितो र गुन्डोगान जस्ता राम्रा र चलिसकेका खेलाडि भित्राएका छन ग्वार्डिओलाले । प्रि सिजन गेममा बार्यनसँग १ – ० को पराजय भोगिसकेको सिटीका आगामी दिनहरु चुनौतिपुर्ण हुनेछन भने हामी इपिएलका दर्शकहरुलाई भने रोमान्चकारी हुनेछ । 

जाँदाजाँदै चेल्सीको बारे लेख्नुपर्यो । अघिल्लो सिजनको गेम हेरेर खासै लेख्न मन थिएन । तर अनबाएस्ड पनि त हुनपर्यो । :P 


इटालीलाई युरो कपमा सम्मानजनक स्थानसम्म डोर्याएर हस्याँङफस्याङँ गर्दै स्ट्यामफोर्ड ब्रिज आइपुगेका म्यानेजर कोन्टे मलाई निकै खत्रा लाग्छन । इटालीको त्यति नाम नसुनिएको स्क्वाडबाट स्पेनलाई हराउनु अनि जर्मनीलाई कडा टक्कर दिनु गाह्रो काम हो । कोन्टेको इपिएल यात्रा अझै गाह्रो हुनेछ । त्यहि गाह्रो कामलाई सजिलो बनाउन प्रतिद्धन्द्धी लेस्टरबाट काँटेलाई मिडफिल्डमा अनि मार्सेलीबाट बात्स्युलाई डिफेन्समा ल्याइसके । कार्लोस टेभेज अनि नेपोलीका डिफेन्डर कुलेबाली पनि चेल्सी आउने हल्ला ट्रान्सफर मार्केटमा जोडतोडका साथ चल्दैछ । 

खैर जे होस, कडा कडा म्यानेजरहरु जम्मा भएका छन यो सिजन । खेलाडिहरुको प्रतिभा, स्टामिना अनि स्किलको त कुरै भएन । त्यसैले पनि यो सिजन अर्थात २०१६÷१७ को इपिएलको रगडा निकै तगडा हुने विश्वास गर्न सकिन्छ । यँहाहरुले आ आफ्ना फेभरेट क्लबहरुको समर्थन गर्नु नै हुनेछ । :))


2 comments:

guys please comment hai!