Saturday, January 17, 2015

१०० नेपालि ट्विटहरु



ट्विटरको प्रयोग नेपालमा बढ्दो छ । मेरो टाइमलाइनमा रहेका केहि ट्विटेको ५, ५ वटा ट्विटहरु यँहा राखेको छु । ट्विट राख्न स्वीकृति लिइएको छ ः


बैद्य बाको बा  
१  अँध्यारोमा स्वयं आफ्नै छायाँ समेत बिलिन भएर जान्छ भने खै अरुको बिश्वास कसरि गर्नु ।

२  ए जिन्दगी तँ संग गुनासो धेरै छ तर जो पियारी तिम्ले मलाई दियौ करोडौंको पुर्पुरोमा छैन ।

३  जस्को गर्ल फ्रेन्ड हुदैन उस्को रक्सि हुन्छ ।

४  जिवन स्वयं एक दशा हो , जिउन नजाने 
औषधि पनि नशा नै हो, पिउन नजाने 
मेरै थ्यो भित्रै थ्यो एक्लै थ्यो यो मुटु 
किन चिर्यौ यो छाती, सिउन नजाने

५  बाबुरामले देशप्रेमक र देशभक्तिका कुरा गर्नु र माता सन्नी लीओनले स्वस्थानी कथा पढेर सुनाउनु कुरा एउटै हो ।

दिपक सर  
६  यो कलिजुगमा चैं कालगती र अकालगतीमा मर्या मान्छे फर्केर नआउनेरान् उन्ताका सत्ते जुग हुँदो हो त तपस्या गरेर भएपनि फिर्ता ल्याउँथे 

७  केही प्रेमीहरु जो अमुर्त प्रेम गर्छन्, उनिहरुको प्रेम सिर्फ ति दुईजाना लाई मात्र था हुन्छ चाहे मिलनमा होस् चाहे बिछोडमा अरु कसैलाई नो थाहा

८  उनताका रक्सी खान सिक्याभए यो जाडोमा म पनि टुँईक्याउँदै बस्थें होला सिकीएन अब यो मर्ने बेला हर्यो काँक्रो बाँचुन्जेल उखुको लाँक्रो के काम

९  हे मेरी मुना 
ससुरा बाले 
धान कुटी ल्याए 
पकाउनु तैंले खीर् 
पर्खेर बसे 
ल्याईदिम्ला झुम्का 
नलिएस् मनाँ पिर् 
मुना नलिएस् मनाँ पिर 
मदन फोन राख्छन

१०  जस्लाई चैं अश्लील मनपर्दैन अनि उसैले अश्लील युक्त टुईट गर्छ अनि अरुलाई सभ्यता सिकाउन खोज्छन् आफ्नो धोती खुस्केको थाछैन अरुलाई कुरीकुरी

हरि ठुले ] 
११  खुट्टे लगाउन बिर्सेर गाई दुहुन बस्या गाई ले लात्त ले दिएर उत्तने खेलाईदियो भनेर गन गन गर्नु बेकार छ।

१२  यदि छायाँ शरीर भन्दा लामो, अनि कुरा औकात भन्दा ठुलो हुन थाल्यो भने, सम्झनुस घाम डुब्ने वाला छ। बास्तबिकता

१३  तनाब त्यों बेला हुन्छ जब मज्जा ले माडेर मुख मा खैनी हालेको बेला हाच्छ्यु आउछ र मुख बाट झर्छ र फेरी माडेर खानु पर्छ।

१४  प्रेम् अन्धो किन हुन्छ भन्छन् भन्या त चुम्मा गर्दा आँखा चिम्लेर गर्दा रेचन र पो अन्धो भन्या रैछन त।

१५  श्रीमती भनेको घर तरुल जस्तै त्यों पनि पानी चढेको नमिठो,सजिलै पाइने। गर्ल फ्रेंड भनेको बन तरुल जस्तै सारै मिठो,तर सजिलै नपाइने। 

गरिमा  
१६  हेर्नुस् निदाकोलाइ उठाउन सकिन्छ निदाको नाटक गर्नेलाइ है गलतमै जिउने चाहनेलाइ गलत मैं अल्झाइ राख्नु बुद्दीमानी हो सही देख्न आँखा खोल्न पर्छ

१७  ह्या के को पक्की र कच्ची हो भन्या मर्ने बेला भको भए भुइचालो आको भनेर भांगदा भाग्दै भर्यांग बाट चिप्लेर नी सिल्टीमुर खान सक्छ 

१८  ओसिलो रातलाइ जूनमा सुकाएर टाढा टाढा बाट मुस्काउदै आयो ऊ । घाम 

१९  जीवनमा चाहेको हरेक कुरा पाउनै पर्छ भन्ने छैन तर पाएको कुरालाई कहिले अपहेलना नगर्नु ।

२०  हेर्नुस हरेक कुरा मान्छेको दृष्टीकोण हो, हासेर पढ्नुस त हँसमुख ट्वीट हुन्छ,आफ्नो पीड़ा महसूस गर्दीने अनि मैले रुंचे ट्वीट लेख्यो रे 

सन्तोष कटुवाल  
२१  हार्न नमान्ने सधै जित्नै पर्ने बानीको नाम हो रहेछ जिन्दगी। तर हारेर कहिल्यै नसकिने कहानीको नाम हो रहेछ जिन्दगी।

२२  म खेले जहाँ म हुर्के जहाँ 
त्यै आगान प्यारो छ 
यो छातीभरि लुकेर आउने 
माया नै माया छ 
माया नै माया छ 
म मरे पनि मलाई 
मेरो देशको माया छ

२३  बेच्न नपाउने भए बनाउने अनुमती किन दिनु हेर सरकार सक्छस भने सिग्रेट फ्याक्ट्री बन्द गर, सुरु सुर्य टोबाको कम्पनिबाट गर नत्र नौटंकी नदेखा।

२४  फेरि पनि केही अपेक्षा र केही उत्साहसाथ खोले खाली रहेछ। अनि सोचे निराशालाई सधै शब्दमा ब्यक्त गर्न सकिँदैन रहेछ।

२५  कतिपय यादहरु सिमलको भुवा झैँ आएर टाँसिन्छन, फु गर्दा उडेर जान्छन तर कतिपय यादहरु भने फेबिकोल लगाएर टाँसेझै जति कोसिस गरे नि जादै जान्नन

उज्वल  
२६  यो कृकेट भन्ने मुर्खे खेलमा, दुनियाँभरको पिचको मापदन्ड एउटै किन गर्न नसक्या जुन देश जाउ, पिचै फरक हुने, जानिजानी हराउन बनाए जस्तो ।

२७  जब अत्ति रिस उठ्छ,तब काला भाँडाहरु धस्काउँछु, यता रिस पनि मर्छ, उता भाँडानी चम्किन्छ ।

२८  तपाईलाई दैनिकी चलाउने चाहिने सामलहरु एक्कै दोकानमा नकिन्नुस्, सक्भर छुट्टाचुट्टै दोकानमा किन्नु जस्ले गर्दा पैसो र नाफा बाँडियोस् ।

२९  हेर्नुस्, तपाईंले अफिसको काम १ घण्टा ठगेर घण्टौँ टुईतर चलाऊँदा, देशलाई करौडौको घाटा छ, आफ्नु समय उत्पादनमुलक चिजमा लगाऔँ देश बनाऔँ ।

३०  हेर्नुस्, कन्डम पनि खास्सै सुरक्षित चिज होइन रछ, एउटा साथिले लाएर हिँड्याथ्यो, बसले कच्याक्क पारेछ ।

सुष्मा  
३१  जिन्दगीमा यती प्रगती गर्ने मन छ की आज मलाई देख्दा नदेखे झै गर्नेहरु भोली मलाई भेट्न घन्टौ लाइन बसुन ।

३२  धेरै बोलेर हो ओए कान्छा मेरि गर्ल्फ्रेण्ड त बिग्रेकै टुइटर खोले र हो यसो पो भने त ।

३३ दुई छाक मीठो खाना राम्रो लुगा सुरक्षीत वास पसिनाको सहि कदर आधी यहि पाउनु नै संविधान पाए सरि छ गरिबनिमुखालाइ ।

३४  धोकाहरुको चुलेसिमा रेटिन्छन खुशिहरु 
के गरेर मैले दोषी नजर हो प्रीय 
यो माया हराएको शहर हो प्रीय 

३५  लोकतन्त्र हैन देशमा ठूलो "पिलो" आएछ उठ्न बस्न खान हरेक कुरामा सकस निचोरेर फालिदिनेले नै झन झन जताततै सार्दै छन दुखेको देश ।


सुमन  
३६  तिम्ले थपीथपी भात खाएर हात पुछ्दै गर्दा भान्सामा आमाले पनियोले कसौँडी कतरकतर गरेर कोतरीरहेको आवाज सुनेको छौ, सायद त्यहि हो धुन मायाको 

३७ चुनाव अघि माहान जनता
 चुनाव पछि भिजिलान्ते

३८ आफ्नो खुट्टामा भएको चप्पल फालेर नाङ्गो खुट्टा जुत्ताको पछाडी कुद्नु नै 'जिन्दगी' रहेछ। 

३९ कहिलेकहीँ त लाग्छ जंगलमा एक्लै बस्ने कोही साथी नभएका ढेडु बाँदर हामी सामाजीक प्राँणीभन्दा धेरै खुशी छन्। 

४०  मण्डपमा कुर्दै छु छिट्टो आउ रे। मेरो त सात्तो उडेको यसो बुझ्दा त भृकुटीमण्डप रहेछ।

काया  
४१ नेपाली फिल्मको लागि राम्रो गितकारको कमि रैछ जस्तो छ ताइ न तुइको शब्दहरु मात्र छन् त हौ अचेलका फिल्मी गितहरुमा ।

४२  सम्बन्ध नाफा घाटा र लेनदेनको ब्यापार हैन हजुर मनको सन्तुष्टी हो आफैँलाई पिडीत बनाएर सम्बन्धमा रहनुको कुनै तुक हुन्न

४३ तिमी आँखाले बोल म पढिरहन्छु नपरोस् आबश्यक शब्द कहिल्यै पनि 

४४  सबै कुरा बिकाउ हुन्न 
बिकाउ सबै टिकाउ हुन्न

४५  मलाई यति भन्नुस् हजुर देश बनाउने ठेक्का चाहीँ नेताहरुको भन्दै पन्छिने अनि नेताले देश बिगारे भन्दै गाली गर्ने दुस्साहस किन गर्छन् मान्छेहरु

केशव गौतम  
४६ खै देशमा संविधान बन्छ भनौ कि बन्दैन भनौ मैले त केइ सोच्नै सकिनँ। १ बज्न लागिसक्यो तनाबै तनाब छ निन्द्रा लाग्दैन। 

४७ संबिधान सुको र ओलिले बनाउदैनन । भोली प्रधानमन्त्री पनि उनीहरु नै पड्काउछन । अनि ट्विटेको गाली खाने चै सँधै उहि बाबुराम नै हुन्छ। कटु सत्य

४८  आज मैले जिन्दगिकै सबैभन्दा ठुलो पाठ सिकेँ। 'आफुलाइ हराउदा आफैले जितिदो रैछ।' यो सारै पिडादायी र रोमान्चकारी हुदो रैछ।

४९  जिवनमा कहिलेकाही आफै बिरुद्ध पनि निर्णय लिन सक्नुपर्दो रैछ। मैले आफुलाइ हराएँ र अफैले जितेँ।

५०  आमाको नामबाट नागरिकता दिन पाइदैन भन्नेहरुको पुरानो नागरिकता बाग्मतिमा बगाएर गधाको नामबाट प्रतिलिपी प्रदान गर्नुपर्छ। द्याट्स इट।

 सवाल्टर्न आवाज 
५१ यो देशका हामी कम्युनिष्ट, अन्तिमसम्म फुट्छौ युगौयुग देखिका कम्युनिष्ट, माक्र्सबाद अनि माओबाद कुनै एउटा नामले यो देशका जनता लुट्छौ

५२ सरकार बत्ती दे । यहाँ दिमागको बत्ती नबलेर एउटा पनि ट्वीट फुरिराछैन ।

५३  मेरो त ह्यान्डल नै भिजिलान्ते जत्तिकै छ। नेताहरुले मेरो कुरा सँधै बायस राखे। आखिर मलाई कसैले सुन्दैन नि। अँ भन्छन् मेरो त आवाज नै हुँदैन रे।

५४ तेरे तस्बीरसे होती थी बाते 
मेरे कमरेमे आईना नही था

५५  सक्नेहरुले आउ यो मगजमा ताल्चा ठोकेर जाउ। बन्द गर ढुकढुकिरहेको नेपालीपन। यस्ले कहिल्यै स्वीकारेन तिम्रो जातीय राज्य र तथाकथित संघीयताको माग।

रविन्द्र लामिछाने 
५६ सहमतिमा छोरी देनन् ससुराबाले भने त प्रकृया मै गएर ल्याउनुपर्छ यार
तेस्तै सहमतिमा संविधान नआए प्रकृयामा गएर ल्याउनु्
५७ बिहानै बाहिर हिड्नुस त ,,तपालाई संविधान भन्दा नि न्यानो ज्याकेट को आवाश्यकता पर्छ
त्यसैले जनतालाईपहिला बाँच्न देऊ अनि संबिधान देउला:-)ं
५८ बिकासको लहर ल्याउछु-शुको
जनक्रान्ति को लहर ल्याउछु-बिप्लव जनआन्दोलन को लहर ल्याउछु-बादल सडकमा जनताको लहर ल्याउछु-प्रचण्ड खासमा चै के आउँछ?
५९ Ncell को सिमजस्तै MRP पनि हरेक स्टेसनरी दोकानमा पाउने भए यो देशको जनसंख्या 1करोडमा झर्थ्यो होला यति गाह्रो हुदा त कहिल्यै खालि हुन्न मान्छे
६० अब ईन्डिया च्याम्पियन बन्न 30दिन बाँकि रे -आजतक
ए भनेसि वलकप शुरू भा दिन ल ट्रफि भनेर ईन्नियालाई दिन रच्च अरू क्यार्न जानू तेसो भए;-)

गफाडी 
६१ टुइटेहरुको मोबाइल हराउने र चोरी हुने चानस चै कम हुन्छ है, खाँदा बस्दा र हिँड्दा मात्र हैन हग्दा र मुत्दा समेत छोड्दैनन त कसरी हराओस..
६२ चुरोट खुद्रा किन्न नपाउने नियमले चुरोट खान निरुत्साहित हैन झन प्रोत्साहन गर्छ, गोजीमा बट्टा भयोभने जुनाबेला जहाँ खान मनलागो त्यही खाइन्छ!!
६३ प्रिय फोक्सो,
मैले चुरोस सल्काएँ तिम्लाई गारो भयो होला है?
भए मलाई बाल, चुरोस नखाइ त यत्रो नि बस्दिन, एडजस्ट गर बावु!! उही म
६४ हिजो झापाको गौरादह बन्द गराउन आउनेलाई केटाहरुले गोरुचुटाइ कुटेछ्न, आज यता बन्दगर्नेलाई कुटुम भनेको कोइ मानेनन, झापाली बाहेक अरुमा दम रैनछ!
६५ हेर्नुस, बन्दको कुरो बुझ्न १०० मा फोन गरेको उठेन, अहिले चोरी वा केही इमर्जेन्सी परेर फोन गरेकोथिएँ भने के हुन्थ्यो? मेरो सामाजिक सुरक्षा खै?

 श‌खेकिराे
६६ देश बिग्रेकै जो सक्दछ उस्ले काम पाउदैन, जो सक्दैन उस्ले चै पाउछ । यत्रा ट्विटेमध्ये कोइ सभासद, कोइ मन्त्री, कोइ प्रधानमन्त्री भएको खै त? ;-)
६७ खुल्ला सिगरेट रोक्दैमा धुम्रपान कम नहोला। उपाय निकाल्छन केइ न केइ। अम्मलीहरु ट्रिक लाउन कम्ता माहिर हुन्छन :-))
६८ संविधान आउँछ आउदैन, माघ ८ चै पक्कै आउँछ । संविधान पो च्यात्तिएला, देश बन्द गरिएला तर समयलाई कसले च्यात्ने? कस्ले बन्द गर्ने? हिम्मत छ? :-))
६९ सबैभन्दा गारो काम "काम गर्न" हुन्छ । जाबो बसेर हल्ला त बाँसको झ्याँगको रुप्पीले नि गर्छ ;-))
७० हेर्नूस अझै नि भन्छु: विश्वमा फेल खाइसकेको कम्निस्टले लछारपाटो लाउन्न क्या । लाएछ भने भन्नूहोला । हो सपना र आशा चै देखाउछ तर तुहिने :-)

बिक्रम
७१ छोरो विदेश, वुढा बुबाको काँधवाट हलोजुवा छुटेको छैन, रेमिट्यान्स शहरमा कोठा लिएर वसेका श्रीमतिलाई पठाउछन अनि फेसवुकमा बाउलाई माया देखाउछन् :(
७२ सिके राउत को खुट्टा भाँच्देछन् लाठीचार्ज बाट , लाठी चार्ज गर्ने ले पनि रीस पोख्या हुनुपर्छ, खुच्चिङ सिके राउत, तिम्रा करङ पनि भाँच्छन्
७३ बिदेशमा कुनै पनि गलत कार्य गर्नु ले जेल देखि मृत्युदण्ड सम्म हुन्छ भन्ने थाहा हुँदा-हुँदै पनि अपराधिक कार्य गर्ने अनि लास्टाँ गुहार माग्ने ?
७४ श्रीमती लाई काठमाण्डौ लिएर आउने अनि मज्जा ले घुमाउने सपना पनि अधुरै हुने भो, काठमाण्डौं मा आएसी छुट्टिएर गाडी मा चढ्नु पर्ने भो, ल्याइन्न अब
७५ आज ढाका टोपी दिवश रे !!
हुँदा-हुँदा अब गन्जी, कट्टु, मोजा हुँदै पञ्जा दिवश पनि हुन्छ नेपाल मा :-P जे नाम भेट्यो, पछाडी दिवश जोड्दिन्छन् :-ञी

ज‌गी निशान 
७६ खगेन्द्र संग्रौला जुन दिन बोल्छन ठिक तेस्को अघिल्लो दिन कमरेडहरुसंग बसेर एयरपोर्टको सेकुवा कर्नरको बाहिर टाउको समाएर वाकवाक गर्दै हुन्छन।
७७ "देश फुटाउने नेता "
र "मेस (भान्सा)फुटाउने बुहारी" एउटै हुन् नफ़ुटाउन्जेल रडाको मच्चाउछन ! तह लगाइहाल्नु पर्छ।
७८ संबिधानसभा राती १२बजे सम्म बस्ने रे?"दिन उजेली सुति गुमाई,रात जुनेली बिस्कुन सुकाई"जस्तो उखान ठ्याकै मिलाए।कि"ओभर टाइम"भत्ता लाई हो?
७९ सरकारले त आरक्षणको नाममा विभेद गरेकै छ,अब कुनै दिन गाडीमा पनि पूर्ण आरक्षण लागु गरेर"बाहुन क्षेत्री"अटे हुट्मा नत्र डिकिमा सुत भन्छ एक्दिन
८० देशको बेहाल सिके राउत=मधेश नेपालको उपनिवेश राजेन्द्र महतो=संबिधान सभामा म हारे भारत हार्छ सरिता गिरी=हिन्दी नेपालको राष्ट्रिय भाषा हुनुपर्छ

छड्के 
८१ यदि, सबै धर्मको एउटा मात्र भगवान "आमा" मात्र हुन्थ्यो भने धर्मको बारेमा कहिलै विवाद हुनेथिएन होला!
८२ अवको संबिधानमा रक्सी खानेलाइ समाजमा छुट्टै सम्मानको ब्यवस्था हुनु पर्छ नत्र ३ करोडमा २ करोडले आन्दोलन गरिन्छ भनेर भन्नुस
८३ २,४ जना फलोर बढी हुदैमा कोही बरिस्ठे हुदैन फलोर संख्या हेरेर ओहो यो त बरिस्ठे रैछ हाम्लाइ किन बाल दिदो हो नसोच्नुस मज्जाले हास्नुस रमाउनुस
८४ सबै भन्दा बच्न गाह्रो 'केटी' र 'धोती' संग भन्छन कुनै कुनै वेला त होकी झै पनि लाग्छ फेरी केटी रिसाउलान भनेन प्वाक्क भन्ना सक्दिन :)
८५ समाज यस्तो पैसामय बनेको छ की परिवारको हैसियत त्यो परिवारको छोरा कुन देश गएको छ भन्नेमा भर पर्नु पर्ने "थुक्का पैसा"

शुन्ना
८६ नेपालमा 'अभिनेता'ले भन्दा 'नेता'ले राम्रो अभिनय गर्छ्न, त्यसैले त नेपाली फिल्म भन्दा पनि नेपाली राजनीति बढी हिट छ यहाँ !!!
८७ म संग पुरानो Radio छ, CD छ, DvD छ, Mp3 छ, ठूलो स्पिकर वाला Mobile नि छ, अब ट्विटरमा आएर नि गित लेख्छ्यौ भने तिमी मेरि अपराधी हौ !!! ;)
८८ संक्रान्ती कहिले पर्छ भनेर सोध्दा, "पर्न त मासन्तरको अर्को दिन,२गते भन्दा अघि ठ्याक्कै हिसाब गरेर भन्दा १ गते" भनेर झुलाउने नेता छ्न देशमा !
८९ जनताको मृत्युदर कम भो भनेर खिल्ली चुरोटको साटो बट्टै किनेर खान प्रोत्साहन गर्दैछ सरकार !!! :)
९० टोलका कुकुर बरु पुस/माघ लाग्दा थपक्क टोल तिरै कतै घुम्सेर बस्छन, ठाँस्नी यो बन्द गर्न भन्दै हिड्ने पुच्छर नभाकाहरु त कति फुर्सदिला हुन !!!

इ‌ग्लिश बाकाे नाति 
९१ Son: DAD फोहोर वाला आको छ ।
DAD:बाबु फोहोर वाला त हामी हो , त्यो त सफाइ वाला हो !! "सोच बद्ल देश आँफै बद्लिन्छ !!!"
९२ सबै फटाहा नेता नहुन पनी सक्छन् तर नेता जती चैँ सबै फटाहा नै हुँदा रैछन् ।
९३ मानिसले आफ्नो स्थान र परिचय तय गर्ने भनेको बोली, वचन र ब्यबहारले नै हो ! पैसाले होईन!! #चेतना_भया ।
९४ Dear केटीहरु!:-) तिमीहरु क्यामरा संग बिहे गराओ, किनकी क्यामराको अगाडि जति मुस्कुराउछौ त्यति त केटाहरुले जिन्दगी भर दिन सक्दैनौ!:D # धरोधर्म!
९५ सत्यको गला रेटीन्छ यहा पैसामा जिबन बेचिन्छ यहा आफैले गर्न खोज्दैन कोहि अरुकै बाटो हेरिन्छ यहा मन्दिरको त्यो पुजारी पनि भट्टीमा देखिन्छ यहा !

सुलभ ड्याहाल 
९६ "केहि ब्याक्तिहरु अरुको टाउको काटेर आफु अग्लो हुन चाहन्छन ।"
गज्जप लाइन 'योगिको आत्मकथा'बाट !!!
९७ दुइचार वटा थाल मस्काउँदा चिसोले गाह्रो पार्यो! चोकको चिया पसलमा १० बर्षे फुच्चे कसरी दिनभरी जुठा गिलास माझ्न सक्दो हो! हो, जिवन कठिन छ :))
९८ ट्विटेले स्पाम रिपोर्ट गरेर बाबुरामको अकाउन्ट बन्द भएछ भने म ट्विटर जिन्दगी चलाउँदिन ! ढोंगी संसार !!!
९९ झापाको सुरुङ्गा जस्तो सुकै बन्दमा पनि खुल्ला हुन्छ । बैध्य माओवादी, लिम्बुवान, थारुवान, मधेशी सबै दलले बन्द नगर्ने सहमती गरेका छन !!!
१०० दिदि र गर्लफ्रेन्डलाइ बाइकको पछाडी राख्दाको फरक: दिदि: कस्तो डरलाग्दो गरि चलाको, बाबु ! गर्लफ्रेन्ड: कस्तो खत्रा छौ तिमि त, बेबि !!!

2 comments:

guys please comment hai!