किताबः प्लेइङ इट माइ वे माइ अटोबायोग्राफी
लेखकः सचिन तेन्दुल्कर, बोरिया मजुम्दार
प्रकाशकः ह्यासेट
मूल्यः भारु ८९९
“छोरा, जीवन एउटा किताबजस्तै हो । सामान्यत, एउटा मानिस सत्तरी वा असी वर्ष बाँच्छ भनौँ । तिमी कति वर्ष क्रिकेट खेल्छौ ? २० वर्ष । यदि धेरै राम्रो खेल्यौ भने २५ वर्ष । त्यति हुँदा पनि तिम्रो जीवनको बहुमत वर्षहरु व्यावसायिक खेलभन्दा बाहिर बिताउनेछौ । यसले प्रस्ट बताउँछ कि क्रिकेटभन्दा जीवन धेरै महत्वपूर्ण छ । तिम्रो अभिभावकको रुपमा तिमीलाइ मानिसहरुले ‘सचिन एउटा सफलतम क्रिकेटर हुन’ भन्दा ‘सचिन एउटा असल मानिस हुन’ भनेको सुन्दा बढि खुसी हुनेछु ।”
क्रिकेटका सर्वाधिक सफल खेलाडि सचिन तेन्दुल्करको आत्मकथा यसरी उनको बुबाको भनाइसँगै सुरुहुन्छ । बोरिया मजुम्दारसँगको सहलेखनमा ह्यासेट प्रकाशनले बजारमा ल्याएको किताबमा उनको खेलजीवनका उत्कृष्ट इनिगहरु मसिनोसँग वर्णन गरिएको छ । भारतीय टेस्ट टिममा पहिलो पटक राखिँदा उनी मात्र १६ वर्षका थिए र उनलाइ आफु टिममा पर्दैछु भन्ने एक मनमा पनि लागेको रहेनछ । तर मुम्बइ टिमबाट घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई १९८९ को पाकिस्तान भ्रमणमा समावेश गरियो ।
इमरान खान, वासिम अक्रम, वकार युन्सि जस्ता खतरनाक तीव्र गतिका अनि अब्दुल कदिर जस्ता अनुभवी स्पिनर बलरले भरिएको पाकिस्तानविरुद्धको टेस्ट शृंखलामा सचिनले ५७ रनभन्दा माथिको इनिंग खेल्न सकेनन । सचिनको पहिलो टेस्ट शतक इंग्ल्याण्डविरुद्ध ओल्ड टाफोर्डमा ११९ अविजित रनका रुपमा आयो । शतकपछि मैदानमा व्यक्त गरिने खुशीयालीमा सचिन त्यति रुचि देखाउँदा रहेनछन । निकै वर्ष आफ्ना शतकहरुमा खुलेर खुशी नमनाएको उल्लेख गरेका छन ।
यो आत्मकथाले सचिन खानाको साह्रै ठूलो पारखी हुन भन्ने खुलाउँछ । एकपटक बेलायतको पश्चिम योर्कसायरमा उनले माछा खाने प्रतिस्पर्धा पनि गरेका रहेछन । सेफले उनको खाने शैलीबाट प्रभावित भएर उपहार पनि दिएको रहेछ । सचिनले इंग्ल्याण्डमा योर्कसायर काउन्टी क्रिकेट क्लबबाट एक सिजन काउन्टी क्रिकेट खेल्दाको अनुभव पनि रमाइलो ढंगमा बाँडेका छन । उक्त क्लबका सदस्यहरुको रमाइलो गर्ने स्थान ‘सण्डे क्लब’को नियम अनौठो रहेछ । तल तौलिया बेर्ने अनि माथि सर्ट नलगाइ टाइ लगाएर हलमा सबै खेलाडि आउनुपर्ने रहेछ । सुरुमा उक्त नियम सुन्दा सचिन झस्किएछन तर पछि उनी पनि त्यसै गरि प्रस्तुत भएछन ।
सचिन केहि समय भारतीय टिमको कप्तान पनि भए । तर लगातारका केहि असफलता अनि आफुमा आएको अत्याधिक दबाबका कारण कप्तानी छाड्न बाध्य भए । २००३ को विश्वकपमा उनको उत्कृष्ट प्रदर्शनको मदतले भारत फाइनल पुगेको थियो । तर उनी ४ रनको झीनो स्कोरमा आउट भएपछि अष्ट्रेलियासँगको फाइनल खेलमा भारतले घुँडा टेकेको थियो । सचिनको खेलजीवनमा चोटको पनि उत्तिकै लामो अनि दुखद कथा रहेछ । उनले सयौँ कोर्टिसोन सुइहरु लगाउनु परेको थियो । खेलजीवनको दोस्रो पाटोमा उनलाइ टेनिस एल्बो भन्ने चोटले पनि ज्यादै सतायो ।
सचिनको नाममा सबैभन्दा बढि रन बनाउने (टेस्ट अनि एकदिवसिय दुवैमा) खेलाडिको किर्तिमान छ । उनले १०० वटा शतक प्रहार गरेका छन । ९९ औँ र १०० औँ अन्तराष्ट्रिय शतकको बीचको समय उनलाई मिडियाले कठोर दबाब दिएको थियो । उक्त दबाब सचिन आफैँले स्वीकार गरेका छन । ‘मैले बनाएका ९९ वटा शतक बिर्सेर मानिसहरु किन १०० औँ शतकको पछि कुद्छन’ भनेर झिँझो लागेको पनि उल्लेख गरेका छन । अन्ततोगत्वा बंगलादेशविरुद्ध उनले १०० औँ अन्तराष्टिय शतक प्रहार गरे । टिमलाइ अफ्ठयारो परेको समयमा उनले बलिङमा पनि निकै सहयोग गरेका थिए ।
२८ वटा अध्यायमा बाँडिएको आत्मकथा एकै बसाँइमा सकिने छ । मैले चाँहि ३ बसाँइ लगाएँ । कारण, किताबको नीरस भाषा अनि कुनै भित्रि नयाँ कुरा नहुनु । सचिनले खेलेका सबै प्रमुख खेलहरुको मसिनो गरि व्याख्या गर्नु त्यति जरुरी थिएन । ब्याटिङका अनेकन टेक्निकहरु उनले उल्लेख गरेका छन, तर त्यसलाई प्रस्ट रुपमा वर्णन गर्नु आवश्यक ठानेनन । जुन सचिनको किताब पढेर उनको ब्याटिङबारे अझ गहिरो गरि बुझ्न खोज्ने नयाँ ब्याट्सम्यानलाइ निराश तुल्याउन काफी छ ।
नयाँ सनसनीखेज कुरा नहुनुमा सचिनले ‘प्रोलग’मा लेखेका छन — “मेरो सनसनीखेज फैलाउने बानी छैन । म केहि फाँड्नका लागि कुराहरु भन्दिन ।” त्यसअघि उनले किताब लेख्नेबारे भनेका छन — “यो किताब सुरु गर्नु अघि यो सहि कुरा हुन्छ कि हुन्न भनेर मैले लामो समय मिहिन रुपमा सोच्नु परेको थियो ।”
पाँचौ अध्याय तेन्दुल्करकी पत्नी अंजलीको नाममा राखिएको छ । उनको प्रेमजीवनका बारे रोचक ढंगले लेखिएको छ । सन १९९० को इंग्ल्याण्ड भ्रमण सकेर आएका सचिनले विमानस्थलमा अंजलीलाई देखेका रहेछन । अंजलीका पिता क्रिकेटमा औधी रुचि राख्ने भएका कारण उनले पनि भारतका केहि खेल टिभीमा हेरेकी रहिछन । जब उनले सचिनले ब्याटिंग गरेको देखिन, उनको होसहवास उड्यो । यति क्युट केटा पनि क्रिकेट बेल्ट ? भनेर । अंजलीले टिभीबाटै सचिनलाइ आफ्नो बनाउने सपना देखिसकेकी रहिछन । उता सचिन पनि अंजलीलाई देखेर मन्त्रमुग्ध भएछन ।
सचिनको रोमान्सका बारे लेखिएको यो अध्याय किताबकै राम्रो मध्येको एक हो । एउटा क्रिकेटरको आत्मकथाको उत्कृष्ट पाटो उसको रोमान्स हुन्छ भने त्यो आत्मवृत्तान्तलाई उपल्लो दर्जाको भन्न सकिन्न । तथ्यांकहरु यति धेरै अनि अस्पस्ट छन कि क्रिकेटमा अलि कम रुचि भएको पाठक त्यो देखेर पहिला आत्तिन्छ अनि निराश हुन्छ । गुगलमा एक क्लिकको भरमा भेटिने सचिनको खेलजीवनका सबै तथ्यांकहरु राख्न जरुरी पक्कै थिएन । प्रमुख तथ्यांकहरु मात्र भएको भए त्यो उपयुक्त अनि सार्थक हुन्थ्यो । यी तथ्यहरु निफन्दा सचिनको करियर जति चम्किलो थियो, त्यति सफल यो आत्मकथा हुन सकेन ।

(अन्नपूर्ण पोस्टमा २०७१ माघ १० गते प्रकाशित )
tendulkar rocks !
ReplyDelete