Sunday, January 4, 2015

किन नेवारमात्र मिस नेपाल ?

[यो २०६९ को मिस नेपाल प्रतियोगिता सम्पन्न भएपछि लेखिएको हो । समय सन्दर्भ मिलाएर पढ्न अनुरोध छ ।]



२०६९ साल चैत ७ गते वर्ष २०१३ का लागि नयाँ मिस नेपाल इशानी श्रेष्ठ चुनिएकी छिन । मिस नेपाल प्रतियोगिता सुरुवातका वर्षदेखि नैै विवादित थियो, र यो वर्ष झन विवादित बनाइयो । नेपाल सरकारका पूर्वसचिव तीर्थमान शाक्यको संयुक्त कि एकल परिवार भन्ने अति साधारण प्रश्नका आधारमा विजेता छानियो ।
एमाओवादी जनयुद्धमा रहँदा र मूलधारमा आइसकेपछि पनि केहि वर्ष उक्त दलका महिला नेतृहरु हिसिला यमी, हाल एमाओवादी छोडेकी पम्फा भुसाल लगायतले मिस नेपालको चर्को विरोध गर्थे । जसका कारण मिस नेपाल प्रतियोगिताको प्रचार त बढेकै थियो, साथै विभिन्न सुन्दरी प्रतियोगिताका बारेमा सशक्त बहस पनि छेडिन्थे पत्रपत्रिका, टेलिभिजन अनि सोसल मिडियामार्फत । हाल यस्ता सुन्दरी प्रतियोगिता जात, पेशा, अनि समूहपिच्छे हुने गरेका कारण यिनिहरुको महत्व घटेको या भनौँ, शुन्य महत्वका भएका छन ।
देशभरिबाट छानिएका भनिएका अठार सहभागीलाई हरेक वर्षझैँ रचना गुरुङले प्रशिक्षण दिइन । एक महिनासम्म ‘व्याक्तित्व विकास’ गरियो उनीहरुको । कुनै १० वटा निश्चित प्रश्नहरु दिएर उत्तर समेत लेख्न लगाइयो, अनि घोकाइयो । शायद यहि अनुमान सर्सति गर्न सक्छौँ, हामी अघिल्ला वर्षहरुलाई हेरेर ।
अनि आयोजक हिडेन टे«जर कार्यालय कुपण्डोल नजिकै थापाथली बस्ने इशानि श्रेष्ठलाई मिस नेपाल घोषित गरियो । फस्र्ट अनि सेकेण्ड रनरअप साथै विभिन्न टाइटलमा विजेता पनि चुनियो । पूर्वसुचित प्रश्नहरुको उत्तरका आधारमा मिस नेपाल चुन्नु भनेको दश वर्ष पढाएर तीन घण्टाको एसएलसी परिक्षा लिनुभन्दा खराब अनि अव्यवहारिक हो । हुन सक्छ, इशानीको उत्तर अन्यको भन्दा केहि राम्रो थियो होला, तर कुनै मुख्य उपाधि नपाउने टप फाइभका अन्य दुइको पनि त उत्तर नराम्रो थियो भन्न सकिन्न । फेरि संयुक्त कि एकल परिवार राम्रो भन्ने प्रश्नको सहि र राम्रो उत्तर त दशवटा दिन सकिन्छ ।
इशानीको विजयी उत्तरको मुख्य अंश के थियो भने संयुक्त परिवारले उनलाई दयाका लागि ओठ, आकांक्षाका लागि दूरदर्शिता, परोपकारका लागि हात प्रयोग गर्न अनि जीवनमा नैतिक, बलियो अनि स्वावलम्बी हुन सिकायो । तर एकल परिवारमा पनि त आमाबाबुले आफ्ना छोराछोरीलाई यी गुण सिकाउलान या सिक्न मदत गर्लान । यदि उनीहरुले आफ्ना नानीलाई समय निकाल्न सकेनन भने कुनै घरेलु कामदार अनि मन्टेसरी शिक्षक राखेर छोराछोरीलाई कुशल अभिभावकत्व प्रदान गर्न सक्छन ।
त्यसो हुँदा इशानीको उत्तर प्रथम हुने, रोजिसाको चाँहि दोस्रो, अनि श्रुतिमा किन तेस्रो ? निर्णायक श्रेष्ठ या आयोजकले यसलाई स्पस्ट गर्नपर्दैन ?
इशानी आफैँले पनि एक पत्रिकासँगको अन्तवार्तामा आफुलाई नेवार भएकै कारण जितेको भनेर लागेको आरोपलाई एकदमै झुठो बताइन । तर इशानीभन्दा सुन्दर युवतीहरु उक्त प्रतियोगितामा भाग लिइरहेका थिए । अनि सिपोरा गुरुङ जस्ता बहुप्रतिभाशाली किशोरीहरु अयोग्य ठहर्याइए ।
विवादका स्वरहरु हरेका वर्ष आइरहने भए तापनि लगातार चार वर्ष क्रमश सदिक्षा श्रेष्ठ, मलिना जोशी, सृष्टि श्रेष्ठ अनि अहिले इशानी श्रेष्ठ मिस नेपाल चयन हुनु शंकास्पद छ । *अनि यो बर्ष अश्मी श्रेष्ठ.
पोहोरको त थाहै होला, इभाना मानन्धर.
अहिले जुन समावेसिता अनि आरक्षणको कुरा नेपाली समाजमा आइरहेको छ, त्यसविरुद्ध समेत छ । होला चारैजना प्रतिभाशाली अनि साथसाथै सुन्दर थिए, तर के अन्य बाहुन, क्षेत्री, राई, मगर, लिम्बू अनि अन्य गैरनेवार युवतीहरु प्रतिभाविहिन अनि असुन्दर थिए त ?

*२०७३ बैशाख ३ गते अपडेट गरिएको
(अन्नपुर्ण पोष्टमा प्रकाशित )

No comments:

Post a Comment

guys please comment hai!