Saturday, September 6, 2014

भोक

समय ः बिहानको १० ः ४० । स्थान ः काठमाण्डौ कलेज अफ इन्जिनियरीङ, बालकुमारीको क्यान्टिन । पात्र ः कुमार र रमेश । उनीहरु सिविल इन्जिनियरीङका विद्यार्थी हुन, चौथो वर्षका । एउटै कक्षा, प्राय एउटै बेन्चमा बस्छन । जातले कुमार राई हो भने रमेश क्षेत्री, तर जातले उनीहरुको मित्रतामा कुनै बाधा हालेको छैन, वा भनौ उनीहरुले हाल्न दिएका छैनन ।
दुई पिरियड पढाइ भइसकेपछि टिफिन हुन्छ, खाजा÷खाना खान । एक पिरियड एक घण्टा ४० मिनेट लामो हुने गर्छ उनीहरुको कलेजमा । उनीहरुको एउटा समूह नै छ साथीहरुको । ७÷८ जना हुन्छन उनीहरुको सर्कलमा । निश्चित हुन्न, कहिले एउटा कलेज आउँदैन, कहिले अर्को आउँदैन । तर कुनै दिन यस्तो संयोग पनि पर्छ, सबै ८ जना आएका हुन्छन कलेज । भलै यस्तो अवसर १५÷२० दिनमा एकपटक किन नजुरोस !
रमेश एक्लै बस्छ कोठा भाडामा लिएर । कुमार दाजुभाउजु, दिदि अनि भतिजसँग बस्छ । आज पनि क्यान्टिनमा उनीहरुको पहिलो रोजाइको खाजा समोसा पाकिसकेछ । उनीहरुको समूहमा खाजा साटासाट पनि चल्छ । एकपटक रमेशले रु १५ तिरेर दुइवटा समोसा लिएर टेबलमा आयो । अरु साथीहरु यसै गफ गर्दै बसिरहेका थिए । एउटा समोसा उठाएर टोक्दै थियो, अर्को समोसा सुवासले उठाइहाल्यो । पहिलो समोसा कुमारले ‘एक बाइट ले न’ भनेर माग्यो । माग्यो के भन्नु, हातबाटै खोस्यो । रमेशले एकपटक टोकेर कुमारलाई दियो । कुमारले एक बाइट खाएको मात्र थियो, अर्को साथीले खोसिहाल्यो । यसरी आफैले किनेको समोसा रमेशले चाख्न मात्र पायो । तर पनि उ दुखी भएन । बरु चित्त बुझाउँदै भन्यो — “पृथ्वी गोलो छ केटा हो ! मेरो पनि पालो आउँछ ।  अब तिमेरु किन्छौ, बाइट हान्ने चाँहि म ।” सबै गलल हाँस्छन ।


कुमार र रमेश मात्र छन क्यान्टिनमा आज । उनीहरुको ग्रुपको केटाहरु नआएका हैनन, चिया खान कलेजबाहिरको सानो चिया पसलतिर लागे क्यार । कि पुल खेल्न गए कि ! कलेजदेखि लगभग ३०० मिटरको दूरीमा एउटा पुल हाउस छ । त्यहाँ टिफिन समयमा यहि कलेजका विद्यार्थीहरुको भीड लाग्छ । कहिलेकाँहि कुमार र रमेशको समुह पनि पुल खेल्न जान्छ । साँच्चै रमेशले पुल खेल्न सिकेकै त्यही पुल हाउसमा त हो नि ! नत्र उसले गृहस्थान झापा, दमकमा कहिल्यै पुल खेलेको थिएन । पैसा पनि हुँदैनथ्यो, फेरि क्रिकेट र फुटबलबाट फुर्सत मिले पो ।
आज कुमारसँग खाजा खाने पैसा छैन । घर जानलाई बसभाडा २० रुपैयाँ मात्र छ । रमेशले दुवैको तिर्ने सहमति हुन्छ आजलाई । दुइदुई वटा समोसा र तिलको चटनी लिएर बस्छन केटाहरु । खाजा खाइसकेर बाहिर चिया पसलतिर निस्कन्छन । हो त रैछ, ग्रुपको अरु केटाहरु त्यही चिया पिउँदै रहेछन । चिया त क्यान्टिनमा पनि पाउँछ, दशै रुपैयाँ कप हो त्यहाँ पनि यहाँजस्तै । तर क्यान्टिनको चिया मिठो लाग्दैन उनीहरुलाई । फेरि चियाको साथी चुरोट पनि त खान पाइन्छ बाहिरको चियापसलमा । ‘चुची’ खाने भन्छन उनीहरु, चुरोट र चिया खानुलाई । यो कोड ल्याङ्वेज हो, अरुले थाहा नपाउन भनेर । फेरि चियापसलमा अर्को महत्वपूर्ण अनि थप कुरा क्यारमबोर्ड छ । निशुल्क खेल्न पाइन्छ । चार जनाको खेल जम्मा एक वोर्ड खेलिन्छ । जसले उक्त वोर्ड हार्यो, त्यो दुई जना बाहिरीन्छ । अनि पालैपालै दुइदुई जनाको समूहले खेल्ने गर्छन । कोहि पूर्वका हुन्छन, कोहि पश्चिमका हुन्छन खेलाडिहरु । त्यसैले सामान्य विवाद परिरहन्छ । पूर्वको एक तरिकाको नियमहरु हुन्छ, पश्चिमको अर्कै तरिकाको । विवाद हुने नै भयो ।
कुमारलाई त्यति क्यारमवोर्ड खेल्न आउँदैन तर रमेश ठिकै खेल्छ । उनीहरुको ग्रुपमा सबैभन्दा राम्रो क्यारम खेल्ने सुवास हो । अझ कलेजभरिकै राम्रो क्यारम खेल्नेमा पर्छ सुवास । प्राय सुवास र रमेशको जोडी हुन्छ । यो जोडी जमेपछि हराउनै मुस्किल हुन्छ । कलेजमै कुनै जोडीले हराउन सक्दैन उनीहरुलाई ।
कुमारको घर बुटवल हो । उसकी आमाले उ सानो हुँदा भन्थिन रे — “कति भोक लाग्यो भन्छस बाबु तँ । भर्खर टन्न भात ख्वायो, फेरि विस्कुटको भोक लाग्यो भनिहाल्छस । बिस्कुट खान पाएको हुँदैन, फेरि चाउचाउको भोक लाग्यो भन्छस !” उनीहरुको घरमै सानो किराना पसल भएको हुनाले कुमार केहि न केहि खाइरहन्थ्यो । बुबाले कहिलेकाँहि मनाहि गर्दा — “कस्तो भोक लागेको छ । भोक लागेर मर्ने बेला भइसक्यो ।”  भनेर कल गथ्र्यो । खुट्टा फडफडाएर रुन्थ्यो । बुबाले नदिए आमाकँहा पुग्थ्यो । आमाको मन न हो, केहि दिइहाल्नुहुन्थ्यो । ठ्याक्कै ‘जिरे खुर्सानी’को ‘भोक लाग्यो’ पात्रझैँ थियो रे कुमार । हुन त अहिले पनि उसलाई उस्तै भोक लाग्छ । तर पहिलाजस्तो भोक लाग्यो भनेर कचकच गर्न सक्दैन अहिले । अब त २२ वर्षको भइसक्यो उ । उसलाई ‘किन ठूलो भएँछु’ जस्तो लाग्छ बेलाबेला । विद्यार्थी जीवन, पैसाको संकट नै पर्छ । दाइ, दिदिले बेलाबेला दिएको पकेट खर्च कमै हुन्छ ।
स्कुल पढ्दा एकपटक ९ कक्षामा सँगै पढ्ने दिनेशले कुमारलाई एउटा म्यागजिन देखाएको थियो । आवरणमा ‘चीज’ लेखिएको झण्डै ५० पृष्ठको म्यागजिनको बाहिरपट्टि एउटा नग्न युवतीको तस्विर थियो । आवरण देख्दै उ चकित भइसकेको थियो । कितावभित्र लुकाएर ल्याएको थियो दिनेशले म्यागजिन । उसलाई गाउँकै एकजना दाईले दिएका रे, १० रुपैयाँमा । कुमारले दिनेशलाइ म्यागजिन ‘घर लैजान दे’ भन्यो । दिनेश सुरुमा त मानेन । तर २ रुपैयाँ पाउने शर्तमा केहि दिनका लागि लैजान दिन्छ ।
घर त लग्यो । अब पढ्ने कसरी ? घरभरि त आमा, बुबा अनि सबैभन्दा बढि डर लाग्ने दिदि हुनुहुन्थ्यो । पहिलो दिन त नेपाली किताब भित्रको भित्रै रह्यो त्यो म्यागजिन । भोलिपल्ट स्कुलमै दिनेशले उपाय सुझाइदियो ‘राती सबैजना सुतिसकेपछि पढ्ने’ । तर झट्टै सम्झियो । दिदि त उ सुतिसक्दा पनि पढिराख्नु भएको हुन्छ । उ प्राय १० नबज्दै सुतिसक्थ्यो । आज पढ्ने बहाना गरेर दिदि नसुतेसम्म नसुत्ने विचार गर्यो ।
आइए अध्ययन गर्दै गरेकी दिदि केहि लेखिरहेकी थिइन । झण्डै १०ः३० बजिसकेको थियो रातको । कुमार नसुतेको देखेर दिदि अचम्म मान्दै सोध्छिन, फेरि आज उ अरु दिनजस्तो झुलिराखेको पनि थिएन । “ओए, सुत्नुपर्दैन ? भोलि उठ्न नसक्लास नि ।” “दिदि म आजदेखि जहिले पनि १२ बजेसम्म पढ्छु । अर्को वर्ष एसएलसी पनि आउँदैछ ।” दिदि मख्ख परिहालिन । ११ कटिसकेको थियो ।  दिदि सुत्न गइन । बल्ल कुमार एक्लो भयो । दिदि गएको १० मिनेटजति पछि डराइडराइ नेपाली किताबभित्र लुकाएको म्यागजिन निकाल्छ । भित्र पल्टाउँछ । ‘भिनाजु—सालीको रोमान्स’ शीर्षकमा केहि लेखिएको हुन्छ । उ ध्यान दिएर पढ्न लाग्छ । ‘दिदि माइत गएको अवस्थामा साली भिनाजुको घरमा पुग्छे ।’ अनि केहि दिन पछिदेखि उनीहरुको शारीरीक सम्बन्ध भएको कुरालाई निकै अश्लिल शब्दमा वर्णन गरिएको हुन्छ ।
भनौँ, निकैै अतिरन्जित गरिएको हुन्छ । उसलाई निकै मजा लाग्छ त्यो पढ्दा । भित्रैदेखि काउकुति लागेर आउँछ । बसेको ठाउँमै पिशाब आउला जस्तो हुन्छ । उ निकै उत्तेजित भएको हुन्छ उक्त किताब पढेर । अर्को शीर्षक थियो ‘माया र रामको राशलीला’ । यसरी नै लेखिएको सबै पढिसक्छ । उसलाई फेरि एकपटक सुरुदेखि अन्तिमसम्मै पढ्न मन लाग्छ । दोहोर्याउँछ । यसो घडि हेर्दा त बिहानको २ बजिसकेको रहेछ । सुत्न जान्छ ।
कुमार यसरी नै दिनेशले दिने अरु पनि अश्लील म्यागजिनहरु पढ्दै जान्छ । उसलाई निकै आनन्द लाग्थ्यो ती पढ्दा । एकपटक दिनेशले आफैँले आफैँलाई आनन्द दिने नयाँ तरिका सिकाउँछ । कुमारले घरमा कोहि नभएको बेला त्यहि गर्छ । अनि स्खलित हुन्छ । ती म्यागजिन पढ्दा भन्दा दोब्बर मजा लाग्छ उसलाई दिनेशले सिकाएको कुरा गर्दा । अब उ घरमा एक्लै भयो कि त्यसै गर्छ, अनि स्खलित हुन्छ । एकदिन कुमार सोच्छ ‘आफैँ गर्दा यति मजा आउँछ । कोहिसँग शारिरीक सम्बन्ध राख्न पाए कस्तो हुँदो हो?’ सोचाइ मात्रले पनि उ रोमांचित हुन पुग्छ ।
कुमार बिहानबेलुका टन्न खाना खान्छ । झण्डै डेढ माना भात उ एक्लै खाइसक्छ । त्यसैले भाउजू उसँग बेलाबेला त्यसै झर्किन्छिन । उ आफ्नो अवस्था बुझेर चुप लाग्छ । उसको जाने अर्को ठाउँ थिएन छैन । ज्यान चाँहि बनाएकै छ केटोले । ७५ केजी छ उसको तौल । उचाइ भने ५ फिट ४ इन्च मात्र, त्यसैले त उसलाई दौडदा साथीहरु जिस्काउँछन — “लु फुटबल दौडियो है !” उ औधी रिसाउँछ ।
पढाइ सक्नेवित्तिकै कुमारले जागिर भेट्छ । एउटा कन्सल्टेन्सीमा जुनियर कन्सल्टेन्टको काम । तलब ठिकै पाउँछ, साथमा अफिसले नै उसलाई मोटरसाइकल दिएको छ चढ्नलाई । तर रमेशले जागिर पाइसकेको छैन । धुँइधुँइति खोज्दै छ । अनलाइन जव साइटहरु दिनँहु चेक गर्छ, सीभी फरवार्ड गर्छ ।
आज पनि कुमारको भोक उत्तिकै उच्च छ । तर आज उसलाई अर्कै प्रकारको भोक जागेको छ । २३ वर्षको युवकको शरीरको पनि त भोक हुन्छ । सबै भोकहरु कँहा मुखबाट खानेकुरा हालेर मात्र मेटिन्छन र ! यो कुरो रमेशलाई फोनमा सुनाउँछ कुमार । रमेश भन्छ — “सुन केटा ! कलंकीमा एक ठाउँ मैले देखेको छु । जाने हो ? एकपटकको ९०० रुपैयाँ ।
कुमार — “हो र ? सस्तै रैछ नि ! जाउँ हिड केटा ।”
रमेश — “अब तँ जागिरे । मसँग त सुक्को छैन नि ! तैँ हाल्दे है मेरो पनि ?”
कुुमार — “साले चुना लाउने भइस हैन ? ल ल । म तेरो कोठामा आउँछु दिउँसोतिर ।”
यसरी एक शनिवार कुमार र रमेश बाइकमा कलंकीतिर सोझिन्छन । आकाशे पूलबाट स्वयम्भुतिर पाँच मिनेटजति लागेपछि देव्रेतिर लाग्छन । रमेशले लोकेसन बताउँदै जान्छ । ‘चितवन गेष्ट हाउस’मा गएर बाइक रोकिन्छ ।
कुमार पहिलोपल्ट त्यस्तो ठाउँमा गइरहेको हुन्छ । सीसा लगाइएको गेष्ट हाउस भुइँतलामै छ । ढोकामा रमेशले नक गर्छ । एउटी लगभग २७÷२८ वर्षकी महिलाले मुस्कुराउँदै ढोका खोलेर सोध्छिन — “के होला ? रमेश जवाफ दिन्छ — “बस्नलाई आएको ।” दुवै जनाले प्रवेश पाउँछन । बाहिर दुइवटा टेबल राखिएका छन अनि बस्नलाई ५ वटा जति कुर्सीहरु छन । एउटा ४५ वर्षजतिको मान्छे काउन्टरमा बसेको छ । प्लाउडले बारेर बनाइएको एउटा साधारण काउन्टर छ । उ गेष्ट हाउसको संचालक जस्तो देखिन्छ । सोध्छ — “बस्ने हो ?” रमेश — “हो । खाली छ ?” मान्छे — “एकैछिनमा खाली भइहाल्छ ।”
अघि ढोका खोल्ने महिला बसिरहेकी छ । उसले गह्रौँ मेकअप पोतेकी छ अनुहारभरी । पूरै गाढा रातो लिपिस्टिक लगाएकी छ ओठमा । दुई गाला पनि रात्तै पारेकी छ । टेबलको एक साइडको कुर्सीहरुमा रमेश र कुमार बसेका छन । रमेशको उल्टोपटि महिला बसिरहेकी छ । रमेश आफ्नो पेन्टमा लागेको हिलो टक्टकाउँदै हुन्छ । उ रमेशतिर हेरेर पूरै लाडिएर बोल्छे — “झन फैलिन्छ । बरु पानीले नै राम्ररी सफा गर्नु न ।” कुमारलाई उ ठिकै लाग्छ तर अरु कोहि अझ राम्री केटीहरु छन कि भनेर आँखा दौडाइरहन्छ । रमेशले काउण्टरमा दुइ वटा चुरोट माग्छ । दुवैजनाले सल्काउँछन ।
लगभग दुई मिनेटपछि एउटा युवक कोठाभित्रबाट निस्कन्छ । लगत्तै निलो टप्स लगाएकी अलि पातली महिला निस्किन्छे । उसको दाहिने गालामा हल्का दागहरु छन उसका । सफा छैन अनुहार । युवक बाटो लाग्छ । त्यो महिला अघिदेखि बसिरहेकीसँग सोध्छे — “खाजा के खाने ओइ ? चाउचाउ अण्डा बनाउन लाउने ?” अर्की जवाफ फर्काउँछे — “अँ हुन्छ । रोशनीलाई पनि सोधौँ न ।”
एउटी अर्की महिला अर्को कोठाबाट निस्कन्छे । कोठाहरु गेस्ट हाउसबाट भित्र छिरेपछि प्यासेजको दायाँबायाँ छन । तीनवटा कोठा छन । शायद यही रोशनी हुनुपर्छ कुमार ठम्याउँछ । उ अलि मोटी छे । अनुहार पनि ठूलो छ । कुमार काउन्टरतिर लाग्छ — “यिनिहरु नै हो ?” उ आदरर्थी शब्द प्रयोग गर्दैन ती महिलाहरुप्रति । साहुजी — “हो, यिनै तीन जना हो ।  जोसँग बसे पनि हुन्छ । पहिला पे गर्नुस ।” ९०० को दरले दुइ जनाको १८०० तिर्छ । कुमार त्यही पहिलाको रातो कुर्था लगाएकी महिलालाई पठाइदिनु भनेर कोठाभित्र जान्छ । रमेशले निलो टप्स लगाएकीलाई बोलाउँछ ।
१० मिनेटमा काम पूरा गर्नुपर्ने रे ! पूरै अँध्यारो कोठा । ढोका खोल्दा हल्का उज्यालो छिर्छ । कोठा खाली छ । एउटा बेन्च छ । त्यसमाथि एउटा ओछ्याउने दरी पट्याएर राखिएको छ । महिला कोठाभित्र आएर चुकुल लगाउँछे । कुमार त्यहि बेन्चमा बसेर चुरोट तानिरहेको छ । महिला दरी भुइँमा ओछ्याउन थाल्छे । बसेर लेगिंस उतार्छे । सँगसँगै अण्डरवेयर पनि खोल्छे । कुमारले यसो चियाउँछ, गुलाबी रंगको अण्डरवेयर लगाएकी रैछे । उ कुमारलाई दरीमा बोलाउँछे । कुमार दरीमा आएर देब्रे हातले चुरोट तान्दै दाहिने हातले महिलाको शरीरमाथि हमला गर्न थाल्छ । महिला बोल्छे — “चुरोट निभाउनु न । मलाइ चुरोटको गन्ध मन पर्दैन ।” निभाउँछ ।
कुमार सोध्छ — “तिम्रो नाम के हो ?”
“सलिना ।”
“तपाइको के हो नि ?”
“समीर ।”
साँचो बोल्न जरुरी ठान्दैन कुमार ।
“तपाइ बाहुन हो ?”
“हैन, क्षेत्री ।”
“तिमी ?”
“बाहुन ।”
पाँच मिनेटसम्म मात्र टिक्छ कुमारको भोक । महिला कपडा मिलाएर बाहिरिन्छे । कुमार पनि शिथिल मुद्रामा पेन्ट लगाएर कोठाबाट निस्कन्छ । अर्को कोठाबाट रमेश पनि हाँस्दै निस्कदै हुन्छ ।
रमेश — “भोक मेटियो त केटा ?” कुमार — “अँ मेटियो दुइचार हप्तालाइ ।”
दुवै हल्का मुस्कुराउँदै बाहिरिन्छन ।

No comments:

Post a Comment

guys please comment hai!