Friday, April 12, 2013

गजल

छोरो जन्मियो, जिन्दगी हार्ला, चिन्तित छन बा


लाठे भएपछी फेरी मार्ला, चिन्तित छन बा






केहि आना उनको इज्जत छ गाउँमा


एउटै छोरोले त्यो झार्ला, चिन्तित छन बा




ब्यापार गर्छ नालायक्, चिनदेखी नेपालसम्म
 घर लीलामिमा पार्ला, चिन्तित छन बा




अनुहार त राम्रै छ, बुहारी कस्ती ल्याउला


नाती जन्माएर बंस सार्ला ?, चिन्तित छन बा




पढ्दै पढेन, गतिलो केहि सिप पनि जान्दैन्


खेतमा हलगोरु नार्ला, चिन्तित छन बा




बुढो भएपछी आसा छ त्यसकै, हेरबिचारको

तिमिले के दियौ भन्दै टार्ला, चिन्तित छन बा

No comments:

Post a Comment

guys please comment hai!