Thursday, April 11, 2013

सङख्या–अन्तर (लघु कथा)

मध्यपश्चिम नेपालको एक पहाडी जिल्ला । माघको जाडोमा पनि यहाँ ताप अत्याधिक छ, आन्दोलनको । मानिसको आक्रोशको ।

जिल्ला विकास समितिका इन्जिनियर मारिएका रहेछन, २०६१ सालमा । गाउँमा काटिएको खानेपानी पाइप पुर्ननिर्माण गर्नुपर्यो भनि माओवादीसँग आग्रह गर्न गएका रहेछन । कमरेडहरुले सुराकी गर्यो भनेर चोला उठाइदिएछन । कठोर यातना दिँदा पनि नमरेपछि ज्युदैँ गाडेका रे दिलविहिन विद«ोहिहरुले ।
जिल्लामा आन्दोलन चर्किएको छ । सबै इन्जिनियर, पत्रकार, डाक्टर, शिक्षक अनि सर्वसाधारणहरु ओइरिएका छन, हत्यारालाई कारवाहि गर्नुपर्यो भनेर । हत्याराले धर्म पूरै छोडिसकेको रहेनछ, ‘सजाय पाउन तयार छुु, प्रायश्चित गछर्’ु भनेछ । यता युद्धकालका उसका हाकिम ‘हुँदैन, तैँले प्रायश्चित गर्न पाउँदैनस’ भन्दै कारवाहि नगर्न उर्दि दिदाँरहेछन प्रहरीलाई ।
यस्तैमा विपक्षी दलहरुले विरोधसभा गर्ने भए, त्यहि अभागी जिल्लामा । ‘वृहत विरोधसभा’ नाम दिइएको कार्यक्रमको मञ्चको आकारबाट थाहा हुन्थ्यो, कति महत्वपूर्ण कार्यक्रम रहेछ भनेर । झण्डै सय जना अतिथि अटाउने मञ्च थियो । लेडी गागाको कन्सर्टका लागि बनाइने मञ्च बरु अलि कम झकिझकाउ हुन्छ होला ! मञ्चमा तीसजना वक्ताहरु छन । सबै केन्दि«य सदस्य, विपक्षी पार्टीका । आउने क्रम जारी छ वक्ताहरुको । बाह्र बज्यो, कार्यक्रम सुरु हुने समय भनिएको थियो बिहानको साढे दश । स्रोतादिर्घामा स्रोताहरुको सङख्या यसो गन्दा त जम्मा अठार पो रहेछ !

2 comments:

  1. katha kun samayama ra kun mahol ma lekhiyeko tyo pathak le bujna sakena. farak farak miti ko lagi yo kathako byangya farak farak huna janchha. kunai aauta samaya jatibela yo kahta le sahi artha dinchha, tyo samaya ma basera katha padda , ramro lagyo.

    ReplyDelete
    Replies
    1. thanks matrika for the comment. yeah u r right that its not mentioned about the date. but u see, its not always necessary in short stories to write date. Ani timle thaha payau, yo kun time ko story ho, kun prasanga ho yo, vaner! tyo mero safalata ho. thanks again yar!

      Delete

guys please comment hai!