Thursday, February 2, 2012

Euta Gajal

केही बर्षलाई ठिकै, सन्क्रमणकाल मानिन्न सधैं
बुझे हुन्छ राम्ररी झुटको रथ तानिन्न सधैं



मान्छे चिन्न गल्ती हुन सक्छ कहिलेकाहीँ
गुप्ता, ढुंगेल जस्ता सवासद छानिन्न सधैं

शहरमा प्रेमको भाउ बढ्दै गरोस् दिन्दिनै
युवतिका असिमित ईच्छाहरु  जानिन्न सधैं

विद्यार्थी हुं म, बाँच्नु नै युद्ध जित्नु हो यहां
तरकारीको झोलै मिठो, दाल झानिन्न सधैं

ए गोरी, तिम्रो अति नखराले बिझौंछ मलाई
धेरै आए गए, तिमीलाई जरुरी ठानिन्न सधैं

1 comment:

guys please comment hai!