मैले खगेन्द« लामिछानेलाई बीबीसी मिडिया एक्सनले निर्माण गर्ने रेडियो नाटक ‘कथा मिठो सारंगीको’को लेखन तथा अभिनय गर्ने बेलैदेखि चिनेको हुँ । भलै उनले मलाई चिन्दैनन होला ! :))
त्यसै समयदेखि, जति बेला म स्कुलमा पढ्थेँ, एउटा राम्रो कार्यक्रम लेखकका रुपमा चिनेको थिएँ उनलाई । पछि प्लस टु सकिसकेपछि पनि उनका कथाहरु ‘नागरिक अक्षर’अनि‘कान्तिपुर कोसेली’मा पढिरहँन्थे । एक्कासी‘टलकजंग भर्सेस टुल्के’मा उनलाई टुल्केको स्वरुपमा देख्दा म सुखद आश्चर्यमा परेँ । परिहेँ ।
अर्का महत्वपुर्ण व्याक्ति छन दिपेन्द«खनाल । सानै लाग्छन । तालु खुइलेको छ । ‘चपली हाइट’ हेरेपछि खनालबाट धेरै आशा गर्न थालेको थिएँ । निराश बनाएनन, अझ उत्साहित बनाए पशुपति प्रसादबाट ।
खासमा यो ब्लगको शीर्षक पढ्दा कसैलाई लाग्यो होला, यो नेपाली कथानक चलचित्र पशुपति प्रसादको दोस्रो पार्टको स्क्रिप्ट हो । माफ गर्नुस । त्यो यो होइन । यो त पशुपति प्रसाद दुई पटक सम्म हलमै पुगेर हेरिएको कहानी हो ।
रिलिज भएको दुइचार दिनमै पशुपति प्रसादले काठमाण्डु पिट्यो । मलाई अनि मेरा साथीहरुलाई अलिअलि लाग्यो । सीभिल मलमा दिउँसोको सो हेर्दा बाहिर हल्का गर्मी नै थियो । सुरुवातदेखि नै रमाइलो गर्ने, हसाँउने पात्रको रुपमा पशुपति (खगेन्द«) लाई चिनियो । पहिलो हाल्फको अन्त्यमा आइपुग्दा फिल्म सेन्टी सेन्टी हुन थालिसकेको हुन्छ । लेखक लामिछानेलाई राम्रैसँग थाहा रहेछ, संयोगान्त भन्दा वियोगान्त कथाहरु ÷फिल्महरु दर्शक तथा पाठकले लामो समयसम्म सम्झन्छ । आफ्नो चतुर्याइँको भरपूर उपयोग गर्दै लेखकले प्रमुख पात्र पशुपतिलाई शहरको बीच भागमा मारिदिन्छ । मर्नु र मारिनुको कारण उत्ति स्वभाविक अनि पत्यारिलो भने लाग्दैन । कसैले चोर भनेकै आधारमा एउटा सामान्य व्याक्ति काठमाण्डुमा मारिएको सुनिएको छैन अहिलेसम्म । मारिँदैन पनि । खैर काल्पनिक कथाहो, पत्याइदिउँ ।
पशुपतिबाहेक मितबाको अभिनय बेजोड लागेको हो मलाई । भर्जिन रक्सी खाएर मातेको रक्स्याहाको बोलीहरु साँच्चै जीवन्त अनि मार्मिक लाग्छन । भस्मेलाई बिर्सिन सकिएन । पशुपति क्षेत्रको सानोतिनो गुण्डाको रुपमाउसको रोल एकदमै अविस्मरणीय छ । क्यान्डी क्रस ग्यांग खोल्ने उसको सपना पूरा नभएकोमा मलाई खेद छ ।
दोस्रो पटक पनि पशुपति प्रसाद हेरियो । यस पटक सिटि सेन्टरको बिगसिनेमामा । एउटा साथीले अहिलेसम्म पनि हेरेको रहेनछ, तर उसलाई हेर्ने उत्कट अभिलाषा रहेछ । म पनि बेरोजगारी, उ पनि फुर्सदिलो । फेरि फिल्ममा अनौठो चुम्बकिय गुण छ, मलाइ तानिरह्यो । गएर हेरियो । दोस्रो पटक हेर्दा पनि उस्तै रमाइलो, उस्तै जीवन्तता, उस्तै स्वभाविक अभिनय लाग्यो ।
यत्ति हो पशुपति प्रसाद मर्दा यसपटक चुक्चुकाइएन । सुक्सुँकाइएन । किनकी एउटै दुखलाई लिएर दुइपटक नरुनुभनेर कतै पढेको थिएँ ।

No comments:
Post a Comment
guys please comment hai!