Saturday, September 6, 2014

भोक

समय ः बिहानको १० ः ४० । स्थान ः काठमाण्डौ कलेज अफ इन्जिनियरीङ, बालकुमारीको क्यान्टिन । पात्र ः कुमार र रमेश । उनीहरु सिविल इन्जिनियरीङका विद्यार्थी हुन, चौथो वर्षका । एउटै कक्षा, प्राय एउटै बेन्चमा बस्छन । जातले कुमार राई हो भने रमेश क्षेत्री, तर जातले उनीहरुको मित्रतामा कुनै बाधा हालेको छैन, वा भनौ उनीहरुले हाल्न दिएका छैनन ।
दुई पिरियड पढाइ भइसकेपछि टिफिन हुन्छ, खाजा÷खाना खान । एक पिरियड एक घण्टा ४० मिनेट लामो हुने गर्छ उनीहरुको कलेजमा । उनीहरुको एउटा समूह नै छ साथीहरुको । ७÷८ जना हुन्छन उनीहरुको सर्कलमा । निश्चित हुन्न, कहिले एउटा कलेज आउँदैन, कहिले अर्को आउँदैन । तर कुनै दिन यस्तो संयोग पनि पर्छ, सबै ८ जना आएका हुन्छन कलेज । भलै यस्तो अवसर १५÷२० दिनमा एकपटक किन नजुरोस !
रमेश एक्लै बस्छ कोठा भाडामा लिएर । कुमार दाजुभाउजु, दिदि अनि भतिजसँग बस्छ । आज पनि क्यान्टिनमा उनीहरुको पहिलो रोजाइको खाजा समोसा पाकिसकेछ । उनीहरुको समूहमा खाजा साटासाट पनि चल्छ । एकपटक रमेशले रु १५ तिरेर दुइवटा समोसा लिएर टेबलमा आयो । अरु साथीहरु यसै गफ गर्दै बसिरहेका थिए । एउटा समोसा उठाएर टोक्दै थियो, अर्को समोसा सुवासले उठाइहाल्यो । पहिलो समोसा कुमारले ‘एक बाइट ले न’ भनेर माग्यो । माग्यो के भन्नु, हातबाटै खोस्यो । रमेशले एकपटक टोकेर कुमारलाई दियो । कुमारले एक बाइट खाएको मात्र थियो, अर्को साथीले खोसिहाल्यो । यसरी आफैले किनेको समोसा रमेशले चाख्न मात्र पायो । तर पनि उ दुखी भएन । बरु चित्त बुझाउँदै भन्यो — “पृथ्वी गोलो छ केटा हो ! मेरो पनि पालो आउँछ ।  अब तिमेरु किन्छौ, बाइट हान्ने चाँहि म ।” सबै गलल हाँस्छन ।

Tuesday, July 29, 2014

कथा


क्यान्सर

चौथो फ्लोर । खिचापोखरीको व्यस्त बजारको एउटा बिल्डिङमा उसको अफिस छ । चौथो तलाको पूरै भागमा अफिस फैलिएको छ । जम्मा ७ वटा क्याबिन बनाइएका छन । दुई वटा कोठा छन, दुई जना हाकिमका लागि । वास्तवमा हाकिम दुई जना हैनन । एक जना एमडि हुन । अर्की उसकै श्रीमति हो, जो अफिसको एकाउण्टेन्ट हो । एकाउण्टेट के भन्ने, महिना महिनामा स्टाफहरुलाइ तलब दिनु उसको एकमात्र काम हो । घरमा एक्लै के गर्ने भन्ने द्धिविधाले अफिस आएकी देखिन्छिन उनी ।
अफिसमा ५ जना महिला स्टाफ छन । पुरुष उ र अर्को एक जना । साँच्चै यो पनि हुन सक्छ, खासमा एमडिकी पत्नी आफ्नो पतिको चियो गर्न या भनौँ उसलाइ साइजमा राख्न अफिस आउने गर्छिन ।
आज अफिसमा दुई जना महिला स्टाफ आएका छैनन । एउटी रिसेप्सनिस्ट अनि अर्की टाइपिस्ट । त्यसैले रिसेप्सनिस्टको काममा अर्की खटिएकी छिन । उ खासै काम नभएकोले ट्विटर हेरिरहेको हुन्छ । यत्तिकैमा उसको क्याबिनको फोन बज्छ,
“दिपकजी ।”
“गुड मर्निङ सर !”
“मर्निङ मर्निङ । पटेलजीसँगको मिटिङ कहिले राख्ने ? त्यसको लागि प्रपोजल बनाउनुस है ।”
“हुन्छ सर । म भरेसम्म प्रपोजल रेडि गरिसक्छु । अनि पटेलसँग पनि कन्ट्याक्ट गर्छु ।”
“ओके ।”

Tuesday, April 15, 2014

बागमती सफाइ : मेरो विचार


विश्वका हरेक मानव सभ्यता नदीकिनारमै विकसित भएका हुन । ठूलठूला शहरहरु नदी किनारमा नै स्थापित गरि निर्माण अनि विकास गरिएको तथ्य साँचो हो । भारतको दिल्ली, वेलायतको लण्डन जस्ता शहर नदीकिनारमै अवस्थित छन ।