People depend on
technology and technological inventions for their day-to-day works, and major
works as well. Our lives have been enhanced in diverse set of ways due to
technical advancements. Some even argue that 'Modern-day peoples have become
mere slaves of technology'. In my opinion, this statement is only partially
true.
Sunday, December 21, 2014
Friday, December 12, 2014
के मानसिकता रातारात परिवर्तन हुने कुरा हो ?
हालै सम्पन्न १८ औँ सार्क सम्मेलनका लागि काठमाण्डौ भव्य रुपमा सिँगारिएको सर्वविदितै छ । झट्ट सबैले देख्ने, याद गर्ने परिवर्तन चाँहि तीनकुने—माइतिघर सडकखण्डमा बनाइएको ग्रीनबेल्ट (सडक छुट्याउन बिरुवा, दुवो, फूल आदि रोपिएको लामो संरचना) नै थियो । सडकवत्ती, थपिएका पिच, घटेको लोडसेडिङ पनि आम जनताले अनुभव गर्न पाए सार्क अवधिभर ।
अहिलेको चर्चा के हो भने त्यो ग्रीनबेल्टको संरक्षण गर्न सकिएला वा नसकिएला । सडकको सौन्दर्य दीर्घकालसम्म टिक्ला वा नटिक्ला ? प्रारम्भिक संकेतहरु उति सकारात्मक देखिएका छैनन, केहि दिन यताका घटनाहरु अनि समाचारहरु हेर्दा÷पढ्दा । थुप्रै पैदलयात्रुहरुले तिनै ग्रीनबेल्टमा कुल्चेर सडक पार गरेको पक्कै सुखद समाचार होइन । भर्खरै रोपिएका फूलका विरुवाहरु पैदलयात्रुको मिचाइमा परेर मर्न थालेका छन । फेसबुक, ट्विटर जस्ता सामाजिक संजालहरुमा त्यस्ता व्याक्तिहरुको फोटो सार्वजनिक गर्ने प्रचलन समेत बढिरहेको छ । ट्राफिक प्रहरिले जथाभावी बाटो काट्ने, विरुवा कुल्चने, दुवो विगार्ने मानिसहरुलाई समातेर फेरि त्यस्तो नगर्ने शर्तमा र कतिलाइ त २०० रुपैयाँ जरिवाना समेत तिराएर छोडिरहेको छ । त्यस्तै सार्क सम्मेलनस्थल राष्ट्रिय सभागृह अगाडि राखिएको फूलका गमला फुटाइएको छ । त्रिचन्द« र रत्नराज्य क्याम्पसका विद्यार्थीहरुको झगडा विचमा पर्न पुगे ती गमला ।
गल्ती के पैदलयात्रुको मात्र हो त ? के उनीहरुले रहर लागेर वा विरुवा बिगार्ने उद्देश्य राखेर नै त्यसो गरेका होलान त ?

Monday, September 22, 2014
घाँडो घरयात्रा
१२ कक्षाको परिक्षा सकिएपछि म काठमाण्डौ जाने भएँ । इटहरी कटेर पश्चिम नगएको मान्छे एकैपटक काठमाण्डौ जान अलिकति डर, अलिकति उत्साह, अनि अलिकति काउकुति सबै लागेको थियो । ं२ नै काठमाण्डौमा पढ्ने भनेको थिएँ मैले । तर बा, दाइहरु मान्नुभएन । ‘ं२ जहाँ पढे नि हुन्छ, ब्याचलर काठमाण्डौमा पढ्नु’ भन्नुभयो ।
बाले टिकट ल्याइदिनुभयो, शायद असार महिनाको कुनै दिन थियो त्यो । सीता यातायात, बेलुकी ४ बजे बस स्टेण्ड पुग्नुपर्ने । टिकट हात लाग्ना साथै खुशी, डर, कौतुहुलता, दुख आदि भावनाहरुले घेरा हाले । आमाले “सामान प्याक गर्नुपर्दैन कान्छा ?” भनेपछि झस्किएँ । २, ४ जोर लुगा, १ किलो घिउ यस्तै कुरा प्याक गरियो । आमा बस स्टेण्डसम्म छाड्न आउनुभो । बी साइडको ४ नंबरको सिट थियो । दुधेबाट अर्को यात्रु चढ्यो मेरो सँगैको सिटमा । युवा नै थियो, गफिन थाल्यौँ ।
Subscribe to:
Posts (Atom)