Thursday, July 4, 2013

गज्जब हुन नसकेको पुस्तक चिना हराएको मान्छे


प्रकाशन भएको १ महिनाको अवधिभित्रै ३० हजार प्रति बिक्न सफल भनिएको प्रख्यात अभिनेता अनि सामाजिक अभियन्ता हरिवंश आचार्यको आत्मवृत्तान्त ‘चिना हराएको मान्छे’ पढ्दा आनन्द लाग्यो । यो किताब पढ्दा प्राय पृष्ठहरुमा मुसुक्क हाँसे, धेरैमा मज्जाले हाँसे, अनि कत्तिमा त आँखामा आँसु भरिन पुगे । तर खै किन हो, जति आशा गरेको थिएँ, त्यति पाउन सकिँन यो पुस्तकमा ।

‘कुकुरको महिना’ भनेर हामी नेपालीले बुझ्ने कात्र्तिकमा जन्मिएका हरिवंशले आफूले कुकुरले नपाउने दुख अनि कुकुरले कहिल्यै नपाउने सुख पाएको भनि रोचक ढंगमा आफूलाई शब्दमा उतारेका छन । उनको कुकुरसँगको सम्बन्ध पनि निकै रमाइलो रहेछ किनकि उनले आफ्नो पहिलो ‘एक्ट’ कुकुरकै आवाज निकालेर गरेका थिए रे । अर्का तर्फ हरिवंशले उनको स्टेज शोहरु खिचेर युट्युबमा राख्नेहरुसँग गुनासो गरेका छन । जसका कारण उनको शोका सङ्ख्या घट्दै गइरहेको साँचो हो ।
हरिवंशको पुस्तक भनेपछि मैले अझै ज्यादा घटनाहरु, अझै ज्यादा किस्साहरु अनि अझै बढि पृष्ठहरु अपेक्षा गरेको थिएँ । लेखक नयनराज पाण्डेसँग कुरा हुँदा वहाँले पनि पुस्तक गतिलो हुँदाहुँदै पनि अझै गज्जब हुन सक्थ्यो भन्नुभएको सम्झना छ मलाई ।
तर यसले नयाँ नयाँ किर्तिमानहरु राखिरहेको छ । नेपाली पुस्तकमा यो नै पहिलो होला, जुन प्रकाशनको यति छोटो समयमै हजारौँ प्रति बिक्रि भइसकेको छ । अर्को कुरा यसको प्रभाव पनि निक्कै व्यापक र वृहत छ । एउटा उदाहरण ः मेरो कलेजमा जारको पानी ल्याउने गाडीको चालक पनि गाडीमा बसेर उक्त पुस्तक ध्यान दिइदिइ पढिरहेका थिए । अनि एकछिन पछि उनी सहयोगीसँग हरिवंशका बारे गफिइरहेका थिए । यति लोकप्रिय छ यो पुस्तक !
वास्तवमै नेपालका ठूलामध्येका एक ठूला कलाकार (कलाकार मात्र नभइ समाजसेवी, दाता अनि नागरिक समाजका अभियन्ता समेत)को पुस्तकबारे यत्तिको चर्चा अनि चासो हुनु स्वभाविक पनि हो । विहेको प्रसंगमा हरिवंशले आफ्नो दोस्रो विहेको कुरा हुँदा कान्छो छोरा मोहित सुरुमा झस्केको लेखेका छन । उनलाई दोस्रो विहे गरेका कारण मन पराउन छाडेका थुप्रै जागरुक महिला शुभचिन्तकहरुले उनको बाध्यता अनि अवस्था बुझ्नु एकदमै जरुरी छ भन्ने मेरो व्याक्तिगत धारणा छ ।

No comments:

Post a Comment

guys please comment hai!