Friday, November 18, 2016

क्याफे कथा - १

“ओ केटा, आँखा देख्दैनौ क्या हो ?”
फूल भोलुममा बिटल्सको ‘प्रेटी वुमन’ सुन्दै एकतमासले बानेश्वरको जेब्राक्रसबाट शंखमुल जान हिँडेको म लगभग तर्सिँए ।
धेरै बेर तर्सन पाइँन, ग्रीन लाइटको संकेत पाएको एउटा कालो रंगको बाइकले हर्न बजाएपछि सरी भन्दै हिँडे । मेरो के दोष ? रोकिएका गाडीहरु चल्न लागेको चाल पाएर कुद्दै बाटो कट्न लागेको थिएँ ।
नयाँ बानेश्वर पहिल्यै भव्य ठाउँ हो । झन ६ लेनको सडक बनेपछि यसको उत्ताउलोपन अझ बढेको छ । मुख्य लेनबाट अर्को सहायक लेन कटौँ भन्दा रोकिराखेका बस अनि माइक्रो बसहरुले निर्लज्जताका साथ बाटो छेके । ट्राफिक प्रहरीहरु पैदल यात्री, साइकल वाला अझ मोटरसाइकल वालासँग राजा हुँ झैँ गर्छन भने ठूला सवारीका चालकसँग यी मुसा हुने रहेछन । प्रहरी अगाडि बढ्न सिट्ठी बजाएको बजाइ छ । माइक्रोको ड्राइभर बाल दिने हैन । सामसंग लेखेको सेतो रंगको एयरफोन कानमा ठोसेपछि ट्राफिक आओस कि ट्राफिकको बाउ आओस, उसलाइ फरक पर्ने छाँटकाँट देखिन्न ।
आफ्नै तालमा शंखमुलतिर झर्दिन्छु । आफ्नै तालबाट एउटा जुत्ता पसलले जुत्ताको खालमा लगिदिन्छ । खैरो रंगको बुट पिँडुलाभन्दा अलि तल नलिखुट्टा सम्म आउने देखियो । जाडोमा बुट लगाउन त राम्रै हुन्थ्यो नि । तर क्यार्नु, ‘गोजीमा जम्मा सय रुप्पे छ । किस्ताबन्दीमा के देला यो पसलेले ?’ दिमागको अर्को पाटोले यति सोची भ्याएछ । दिमागको अर्को पाटोले ‘लगाएर हेर्दैमा त पैसा तिर्न पर्दैन हौ । के डराएको मुला ?’ भन्ने सोचीसकेछ ।
क्रमश.

No comments:

Post a Comment

guys please comment hai!