Saturday, June 18, 2016

बेल्जियम #Euro2016



यो ब्लग लेख्न सुरु गर्दा बेल्जियम र उत्तर आयरल्याण्ड बीचको खेलको दोस्रो हाल्फ चलिरहेको छ । र बेल्जियमले फस्ट हाल्फको स्कोर ० – ० लाई ३ – ० बनाइसकेको छ । एभर्टनका खत्रा फरवार्ड रोमेलु लुकाकुले उत्कृष्ट २ गोल गरेर बेल्जियमको युरोमा अर्को चरण अर्थात क्वाटर फाइनल पुग्ने संभावना ज्युँदो राखेका छन ।
 
Romelu Lukaku

 

संयोग नै भन्नपर्छ, लुकाकुले गरेका दुवै गोलमा पास दिने बेल्जियन खेलाडी इंग्लिश प्रिमियर लिगबाट खेल्छन । म्यानचेष्टर सीटीका अट्याकिङ मिडफिल्डर केभिन डु ब्रायनले मिट्ठो क्रस निकालेपछि लुकाकुले कुनै गल्ती नगरि गोल छिराइदिए । छिराउन सिपालु छन लुकाकु । यसै सिजन प्रिमियर लिगमा जम्मा १८ गोल गरेका उनी फर्ममा हुँदा खतरनाक फरवार्ड हुन । आजको खेलको तेस्रो अनि लुकाकुको दोस्रो गोल चेल्सीका मिडफिल्डर एडेन हाजार्डको खत्रा कुद्न सक्ने क्षमताका कारण भएको थियो । आयरल्याण्डका एक डिफेन्डरलाई छक्याएर गोलपोस्ट छेउमा लुकाकुलाई दिएको पास मिस हुने कुरै भएन । 
Eden Hazard

एकछिन हाजार्डको बारे शब्द खचौँ । २५ वर्षका होचा मिडफिल्डर तथा विंगर चेल्सीका खम्बा हुन । चेल्सीले शानका साथ २०१४ ÷ १५ को इपिएल उचाल्दा हाजार्ड त्यसका क्युरेटर रहे । जम्मा १४ गोल गर्दै डिएगो कोस्टालाई राम्रो साथ दिए । ५ खेल अगावै इपिएलको उपाधी हत्याउनुले चेल्सीको उत्कृष्टपन झल्काउँछ । भर्खरै सकिएको १५ ÷ १६ को इपिएल सिजन भने उनका लागि बिर्सन लायक रह्यो । चेल्सीका लागि झनै खराब भयो । डिफेन्डिङ च्याम्पियन यो पटक १० औँ स्थानमा रहनु के राम्रो कुरा हो र ? झन सिजनको बीचमै जोजे माउरिन्हो जस्ता चलाख र जित्न माहिर म्यानेजरलाई बर्खास्त गरिनुले चेल्सीको बिजोग झल्किन्छ ।
हाजार्डको २०१५ ÷ १६ को सिजनका सुरुवाती दिनहरु पीडादायी रहे । च्याम्पियन्स लिगको समूह चरणमा पेनाल्टि मिस गरे । लिग कपमा पनि पेनाल्टि मिस गरे । लामो समय गोल गर्न सकेनन । अनि लिगको नवप्रवेशी बर्नमाउथसँगको खेलमा २ उत्कृष्ट गोल गर्दै फर्ममा फर्कने प्रयास गरे । जति नै खराब खेले पनि चेल्सीको स्टार्टिङ एलेभेनमा भने परिरहे । “क्लास इज पर्मानेन्ट, फर्म इज टेम्पोररी” भन्ने मन्त्रलाई माउरिन्हो र अन्तरिम प्रशिक्षक गुस हिडिन्कले राम्रैसँग आत्मसात गरेर हाजार्डलाई बारम्बार मौका दिइरहे । तर हाजार्डले आफुलाई प्रमाणित गरेरै छोडे । झन्डै रेलिगसनमा परिसकेको चेल्सीलाई सुरक्षित स्थानमा अवतरण मात्र गराएनन, टोटेनह्यामलाई टाइटल जित्न रोक्न पनि सफल रहे । महत्वपूर्ण समयमा राम्रो खेले । २ गोलले पछि परेको स्थितिमा गोल गर्दै टोटेनह्यामसँगको खेललाई बराबरी गरे । 


फेरि बेल्जियम फुटबलमै फर्कौँ । २००७ मा फिफा बरियतामा ७१ औँ स्थानमा रहेको बेल्जियम राम्रा राम्रा युवा प्रतिभाका कारण पहिलो स्थानमा पनि पुग्यो । हाल दोस्रो वरियतामा छ, अर्जेन्टिनाको पछि । बेल्जियमकै पूर्व खेलाडि मार्क विल्मोट्सको म्यानेजरियल क्षमतालाई पनि मान्नैपर्छ । 


 
Belgium Manager Marc Wilmots



भिन्सेन्ट कम्पनी जस्ता प्रतिभाशाली, बलवान अनि प्रेरणादायी कप्तान तथा फूल ब्याकको अभावमा पनि अन्य डिफेन्डरलाई उत्साहित बनाइरहेका छन । युरोको पहिलो खेलमा इटालीलाई पूरै पेले पनि अप्रत्याशित गोल खानुलाई म त अनलक भन्छु । नत्र खेल त बेल्जियमले जित्नपर्ने थ्यो । इटाली मलाई मन नपर्ने टिम चै हैन है । बुफोनको उर्जा अतुलनीय लाग्छ मलाई । जति उमेर बढ्दै गयो उति जोशिला देखिन्छन युभेन्टस तथा इटालीका गोलकिपर ।
युरोका दुइ खेल खेलिसक्दा बेल्जियम रहेको समूहको पोइन्ट्स टेबल यस्तो देखिन्छ ः

युरो २०१६ को फुल स्क्वाड यँहा हेर्नस ः http://www.sportskeeda.com/football/belgium-euro-2016-squad-analysis-and-upcoming-fixtures


डिफेन्समा टोटेनह्यामका दुइ खेलाडि, मिडफिल्डमा डु ब्रायन, हाजार्ड अनि कोरोसो र अट्याकमा लुकाकु अनि बेन्टेके चम्कदा बेल्जियमले युरो उचाल्न बेर लाउँदैन ।

2 comments:

  1. gta 5 apk
    I have always felt that anything that disturbs the game of cricket I don't like it. It all started right from the T20 where people would be like,

    ReplyDelete
  2. Get T20 world cup 2020 live score , ball by ball updates & today live match streaming only on Smartcric live cricket streaming channel at free of cost.

    ReplyDelete

guys please comment hai!