Tuesday, April 15, 2014

बागमती सफाइ : मेरो विचार


विश्वका हरेक मानव सभ्यता नदीकिनारमै विकसित भएका हुन । ठूलठूला शहरहरु नदी किनारमा नै स्थापित गरि निर्माण अनि विकास गरिएको तथ्य साँचो हो । भारतको दिल्ली, वेलायतको लण्डन जस्ता शहर नदीकिनारमै अवस्थित छन ।



सहरको विकासको एउटा गतिलो सूचक उक्त सहरमा भएको नदी, खोला कति सफा छन भन्ने हो । काठमाण्डौको मुटुमा बग्ने बागमती नदी फोहोर छ, यसकारण काठमाण्डौलाई व्यवस्थित, विकसित र सफा शहर भन्न सकिन्न । वास्तवमै छैन पनि ।

सरकारका मुख्यसचिव लीलामणि पौडेलको अगुवाइमा झण्डै एकवर्षदेखि हरेक शनिवार बागमती सफाइ अभियान निकै सह्रानयीय कार्य हो । २०७० जेठबाट सुरु बागमती सफाइ अभियानले बागमतीमा सोझै मिसाइएको ढललाई मीनभवन क्षेत्रसम्म हटाइसकेको नागरिक पत्रिकाले लेखेको छ । हालसम्म यस सफाइ अभियानद्धारा बागमती नदीबाट ८ सय टनभन्दा बढी फोहोर निकालिसकिएको छ ।

यही सोमवार मुख्यसचिवसहित सरकारका केही सचिवहरुले बागमतीमा नुहाएर केहि हदसम्म बागमती सफा भएको पुस्टि गरेका छन । पशुपति मन्दिर क्षेत्रको गौरीघाटमा मात्र नुहाइएको भए पनि केहि महिनामै शंखमूल आर्यघाटसम्म बागमती सफा भइसक्ने विश्वास अभियानकर्ताहरुको छ ।

केही सेलिब्रिटीहरु केवल चर्चा र फोटो खिच्नकै लागि बागमती सफाइमा जाने भए पनि त्यसको सकारात्मक प्रभावहरु पनि छन । निश्चय पनि अन्य सर्वसाधारणलाई आकर्षित गर्न उनीहरु सहायक हुन्छन । प्रियंका कार्कीको निकै छोटो सर्टस लाएर बागमती खोलामा पसेको फोटो ट्विटर अनि फेसबुकमा निकै हिट भयो ।


केहिले मुख्यसचिव लोकप्रियताका लागि वागमती सफाइमा लागिरहेको भनेर आलोचना पनि गरेका छन । नेपाली समाजमा सकारात्मक कार्यहरु निकै कम भइरहेको स्थितिमा कुनै राम्रो कार्यले मनग्गे चर्चा कमाउनु स्वभाविकै हो ।

लोडसेडिङ, महंगी, बेरोजगारी, अव्यवस्थाहरुका वीच नदी सफाइ अभियान हुँदा मानिसहरु प्रसन्न हुने नै भए ।

घरबाट ढलको पाइप सिधै बागमतीमा मिसाउने प्रवृत्ति काठमाण्डौमा छ । जसलाई रोक्न पूर्ण अनुगमन, कडा कानुनका साथै कानुन कार्यान्वयनको खाचो पनि छ ।

No comments:

Post a Comment

guys please comment hai!