Wednesday, March 16, 2016

ट्वान्टी ट्वान्टी क्रिकेटका कुरा


भारतमा टिट्वेन्टी विश्वकप भइरहेको छ । कति औँ संस्करण हो ? त्यो भने ठ्याक्कै थाहा भएन । खैर क्रिकेटको पूरानो प्रेमीका हैसियतमा दुइ चार शब्द लेख्न मन लाग्यो । र लेखिदैँछ । अहिले जागिर पनि त छैन । ;)




यो भन्दा अघिल्लो संस्करणमा नेपाल पनि विश्वकपमा थियो । तर आइसिसिको भेदभावपूर्ण व्यवहारका कारण नेपाल अनि अफगानिस्तान जस्ता लायक देशले विश्वकपको मुख्य चरणमा प्रतिस्पर्धा गर्न पाएनन । घरेलु टिम बंगलादेश सहित ४ टिमले छनोट खेले । अपेक्षित रुपमा बंगलादेश छनोट भयो । म एउटा कुरा बुझ्दिन, पहिले नै क्वालिफाइ खेलेर आइसकेका टोलीलाई फेरि क्वालिफाइ खेलाउनु कसरी जायज हुन्छ ? 

कुरो त पैसामै गएर जोडिन्छ । आइसिसिको बजेटको ठूलो अंश भारतीय क्रिकेट बोर्ड बिसीसीआइले धान्छ । टिभी ब्रोडकास्टबाट पनि मनग्गे आम्दानी हुन्छ आइसीसीलाई । एसोसियट देशलाई विश्वकप खेलाउँदा टिभी ब्रोडकास्टबाट खासै पैसा आउँदैन । किनकी एसोसियट राष्ट्रहरुमा क्रिकेट भर्खरै मौलाउँदै छ । कति एसोसियट देशमा त्यँहाका नागरिकलाई क्रिकेट भनेकै थाहा हुँदैन । र भारतमा जस्तो घरेलु लिग हेर्न पनि रंगशाला हाउसफुल हुने हँुदैन । भलै नेपालमा त दर्शकको घुइँचो बढेको बढ्यै छ । तर पनि किन नेपाललाई विश्वकप खेल्न दिइँदैन ? :))


भारतलाई अरु साना राष्ट्रले आफूसँग प्रतिस्पर्धा गर्दा आफ्नो इज्जत घट्ने डर होला । बंगलादेश जस्तो देशलाई टेस्ट मान्यता पाउन लामै समय माथापच्ची गर्नु परेको थियो । त्यो पनि भारतकै अवरोधका कारण ।





एकछिन टिट्वेन्टी फर्म्याटको बारे कुरा गरौँ । टिट्वेन्टी क्रिकेट आएको धेरै भएको छैन । मैले क्रिकेट हेर्न थालेको धेरै समय पछि आएको हो । त्यहि ८ १० वर्ष भयो होला यो खेलिन थालेको । क्रिकेट हेर्न दर्शक आउने क्रम पातलो हुन थालेपछि क्रिकेटका व्यावसायिक व्याक्तिहरुले निकालेको उपाय हो टिट्वेन्टी क्रिकेटको अवधारणा । अझै पनि पुराना क्रिकेटरहरु यसलाई राम्रो मान्दैनन । भारतका बाहेक । भारतमा त कपिलदेव देखि भीभीएस लक्ष्मणसम्म पैसा हात पारेपछि टिभीमा टिट्वेन्टी कमेन्टरी गर्न कत्ति धक मान्दैनन । जबकी लक्ष्मणले मुस्किलले १ २ टिट्वेन्टी खेलेका होलान । भारतीय क्रिकेटको इतिहासमा उनी अति नै राम्रो टेस्ट ब्याट्सम्यानका रुपमा चिनिन्छन । अष्ट्रेलियामा त उनी सधैँ चम्किन्थे अनि भारतलाई सधैँ जोगाउँथे पनि ।

पाकिस्तानी लिजेन्ड कप्तान तथा अलराउण्डर (हालका राजनीतिज्ञ) इमरान खान टिट्वेन्टी क्रिकेटले खेलाडिको वास्तविक परिक्षण नहुने बताउँछन । मलाइ कानमा बताएका हैनन नि फेरि ! ;)) अस्ती एबीपी न्युज च्यानलसँगको कुराकानीमा भनेका । खेललाई जति छोट्याइन्छ, त्यति नै नतिजाको अनिश्चितता बढ्ने कुरा गरे उनले । हो पनि । खेलको कौशल राम्ररी नजानेको ब्याट्सम्यानले ब्याट हावा तालमा घुमाउँदा छक्का जान सक्छ । र टिट्वेन्टीमा छक्काको महत्व हुन्छ, टक्क टक्कको होइन । रनलाई महत्व दिइन्छ । जबकी क्रिकेट भनेको रन मात्रै होइन । बलिङ कौशल, कन्सिस्टेन्सी, लेन्थ, फिल्डिङ, ब्याट्सम्यानको धैर्यता, स्टामिना सबै कुराको सांगोपांगो सम्मिश्रण बल्ल क्रिकेट हुन्छ । हुन्थ्यो भनौँ । जमाना फास्टफुड टिट्वेन्टीकै छ ।


अब यो विश्वकपको कुरा गरौँ । भारत भर्खरै बंगलादेशमा सम्पन्न एसिया कप टिट्वेन्टी जितेर राँगो जस्तो भएर बसेको छ । त्यसमाथि आफ्नै घरेलु मैदान । धोती समर्थकको त झन कुरै नगरौँ । भलाद्मीहरुको खेल भनिने क्रिकेटलाई धोती दर्शकहरुले जंगलीहरुको खेल बनाइसके भन्या । हल्ला गर्या छ, उफ्रया छ, नाच्या छ, नांगा मोडल ल्याएर नचाएको छ ।
तर पहिलो खेलमै न्युजिल्याण्डसँगको लो स्कोरिङ म्याच हारेर अलि थन्किएको छ । सँगै पाकिस्तान छ यो समुहमा । पाकिस्तानको भर हुन्न । कहिले खत्रा खेल्छ, कहिले पत्रु खेल्छ । बरु बंगलादेश आजकल कडा भएर निस्किएको छ । राम्रा राम्रा युवा बलर आएका छन । पुराना खेलाडि पनि जिम्मेवार र संयमित भएर खेल्न थालेका छन । बंगलादेशले क्यै गर्न सक्छ है ! अष्ट्रेलिया खासै बलियो छैन । वार्नर, वाट्सन, म्याक्सी कोहि पनि फर्ममा देखिन्नन । बरु दक्षिण अफ्रिकाले पारा ल्याउला । एबीडी दाइ, स्टेन, ताहिर, डे कक, डुप्लिसिस चम्किए भने विश्वकपै उचाल्न बेर लाउँदैन । तर धेरै हौसिनु पर्दैैन, साउथ अफ्रिका सधैँको चोकर हो । बंगलादेश रुपी गाइले पनि खाइदिन सक्छ चोकरलाइ ।


वेस्ट इन्डिज, इंग्ल्याण्डको त्यस्तै उस्तै हो । दुइ चार दिन भारत घुम्छन, क्वाटर फाइनल सम्म पुग्लान अनि घर फर्किन्छन । वेस्ट इन्डिज त अलि अघि सम्म खत्रा टिम थ्यो । एकपटक टिट्वेन्टी विश्वकप जितेको
पनि हो । गेल, पोलार्ड, ब्राभो, सामुएल्स, रसेल सबै एकैपटक टिममा हुँदा यो टिमलाई रोक्न इन्द«ेको बाउ चन्द«े आए पनि सक्दैनथ्यो । 

खैर टिट्वेन्टी गन्थन अहिलेलाई यति नै । 


अन्तिममा मलाइ मन पर्ने अलटाइम खेलाडिहरुको टिम टिट्वेन्टीका लागि (ब्याटिङ क्रम अनुसार)

क्रिस गेल
ब्रेण्डन म्याकलम
जोस बट्लर (विकी)
एबिडी भिलियर्स (क्याप्टेन)
ग्लेन म्याक्सवेल
साकिब अल हसन
साहिद अफ्रिदि
मिचेल जोन्सन
डेल स्टेन
रंगना हेराथ
इमरान ताहिर

बाह्रौँ खेलाडिः रोहित शर्मा

No comments:

Post a Comment

guys please comment hai!